बिहिबार, ३२ असार २०८३
नेपाली

भारतको कोइलाखानीमा विस्फोट : खोटाङका दुई युवाको मृत्यु, चार गम्भीर

Main News Image

काठमाण्डौँ । भारतको मेघालयस्थित एउटा कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई जना दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ। मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परेर बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित सालघारीभञ्ज्याङ निवासी २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको घटनास्थलमै मृत्यु भएको हो ।

बराहपोखरीस्थित सालघारीभञ्ज्याङका खड्गबहादुर खपाङ्गी मगर र टङ्ककुमारी खपाङ्गी मगरका छोरा पूर्णबहादुर दाजु र सुरेन्द्र भाइ भएको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिए। सोही घटनामा बराहपोखरीस्थित भञ्ज्याङका बमबहादुर खपाङ्गी मगर, कर्णबहादुर खपाङ्गी मगर, नरबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ललितबहादुर मगर घाइते भएका छन् ।  

मेघालय पुगेर कोइलाखानीमा काम गर्ने सात जनाको टोलीमध्ये बराहपोखरीस्थित वालम्पाका ताराबल मगर मात्र सकुशल रहेको जनाइएको छ। विस्फोटपछि ताराबलले नै फोनमार्फत घटनाका बारेमा जानकारी गराउएका हुन् ।


mediabaaji add

सम्बन्धित खबर

युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी, नेपालद्वारा कृतज्ञता व्यक्त

काठमाडौँ । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स यूएई सरकारको ५४ औं राष्ट्रिय दिवस ईद अल एतिहादका वसरमा २६७ जना नेपाली बन्दीलाई उदारतापूर्वक प्रदान गरिएको आममाफीप्रति युएई सरकारप्रति कृतज्ञता व्यक्त गरेको छ । नेपाल सरकारले यस आममाफीलाई नेपाल र संयुक्...

समुद्री घेराबन्दी नहट्ने ट्रम्पको अडान : इरानको तेल निर्यात शून्यमा झार्ने रणनीति

काठमाण्डौा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अर्थतन्त्रलाई पूर्ण रूपमा धराशायी बनाउने उद्देश्यले जारी ‘अपरेशन इकोनोमिक फ्युरी’अन्तर्गत लामो समयसम्मका लागि कडा नाकाबन्दी र समुद्री घेराबन्दी जारी राख्न निर्देशन दिएका छन् ।

ह्वाइट हा...

राष्ट्र संघ मुख्यालयमा ड्रोन आक्रमण : ६ शान्ति सैनिकको मृत्यु

काठमाडौँ । सुडानी अधिकारीहरूका अनुसार शनिबार सुडानको दक्षिण कोर्डोफान राज्यको राजधानी कादुग्लीमा रहेको संयुक्त राष्ट्र संघको सुविधा केन्द्रमा ड्रोन आक्रमण हुँदा ६ जना संयुक्त राष्ट्र संघका शान्ति सैनिकको मृत्यु भएको छ...

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा रोक लगाउने अमेरिकाको घोषणा

काठमाडौँ । अमेरिकाले विदेशी नागरिकलाई शरण दिनेसम्बन्धी फैसलामा रोक लगाउने घोषणा गरेको छ । वासिङटन डीसीस्थित राष्ट्रपति भवननजिकै बुधबार दुई जना नेसनल गार्डलाई गोली हानिएपछि अमेरिकाले विदेशी नागरिकलाई शरण दिने सबै निर्णय...

सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धलाई समर्थन

काठमाडौँ। अष्ट्रेलियामा धेरै मानिसले सङ्घीय सरकारले लगाएको १६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धलाई समर्थन गरेका छन् । मोनाश विश्वविद्यालयको तर्फबाट रोय मोर्गन रिसर्चले एक हजार पाँच सय ९८ जनामा गर...

इस्लामावादमा अमेरिका-इरान वार्ता : स्थायी युद्धविरामका लागि उच्चस्तरीय प्रयास

काठमाण्डौँ । लामो समयदेखि जारी युद्ध र तनावका बीच संयुक्त राज्य अमेरिका र इरानबीच स्थायी युद्धविराम र शान्ति स्थापनाका लागि पाकिस्तानको राजधानी इस्लामावादमा उच्चस्तरीय वार्ता सुरु भएको छ। दुई हप्ताको अस्थायी युद्धविरामपछि दुवै पक्षका प्रतिनिधिहरू...