प्रवासी नेपालीको कथामा बन्यो ‘प्रवासी जीवन’
काठमाडौँ । नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्त राज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नुपर्ने सङ्घर्षसहितको प्रवासी जीवनको कथा बोकेको चलचित्र ‘प्रवासी जीवन’ आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने भएको छ ।
श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रूपमा निर्देशन गरेको उक्त चलचित्रमा अहिनेता राजेश हमाल, सरिता लामिछाने, बुद्धि तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुवेदी, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरी, शिखा अधिकारीसँगै स्वयं निर्देशक क्षेत्रीले अभिनय गरेका छन् । प्रवासमा पुग्ने जोकोहीले चलचित्रको कथामा आफू वा आफ्नो समाजलाई पाउने निर्देशक क्षेत्रीले बताए ।
उनले भने, ‘हामीले भौतिक रूपमा देखिने दुःखका धेरै चर्चा गरे पनि मानसिक रूपमा भोगिरहेको यातनालाई बेवास्ता गर्छौँ । त्यसैले हामीले त्यो समय र त्यहाँबाट निस्किएपछिको सुन्दर भविष्यको कथालाई लिएर चलचित्र तयार गरेका छौँ । चलचित्रले प्रवासी जीवनको एउटा नदेखिएको सरलझैँ लाग्ने गम्भीर समस्यालाई चित्रण गरेको छ ।’
निर्देशक क्षेत्रीले मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रित गरेर चलचित्र तयार गरेकाले प्रवासीको जीवनलाई नजिकबाट बुझ्न फलदायी हुने जानकारी दिए । छायाँकारसमेत रहेका निर्माता रविन आचार्यले निर्माण गरेका उक्त चलचित्रमा कथा, पटकथा तथा संवाद स्वयं निर्देशक क्षेत्रीले नै तयार गरेका छन् । रासस
एक्सप्रेस
सम्बन्धित खबर
‘धुरन्धर’ को पटकथा चोरी मुद्दामा आदित्य धरलाई राहत
काठमाण्डौँ । फिल्म ‘धुरन्धर’ र यसको सिक्वेल ‘धुरन्धरस् द रिभेन्ज’ मा पटकथा चोरीको आरोपमा फिल्म निर्माता सन्तोष कुमारलाई बम्बई उच्च अदालतले राहत दिएको छ । बुधबार अन्तरिम आदेश जारी गर्दै फिल्म ‘धुरन्धर’ र यसको सिक्वेल ‘धुरन्धर, द रिभेन्ज’ मा प...
‘लालीबजार’ प्रदर्शनमा रोक : बादी समुदायको अपमान आरोपपछि अदालतको अन्तरिम आदेश
काठमाडौँ । चलचित्र ‘लालीबजार’ प्रदर्शनको पूर्वसन्ध्यामा कानुनी विवादमा तानिएको छ । बादी समुदायको आत्मसम्मानमा चोट पुगेको भन्दै दायर रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले वैशाख २२ गतेसम्म फिल्म प्रदर्शन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
...



