शनिबार, ०२ साउन २०८३
नेपाली

घरजग्गा कारोबारमा उत्साह, मंसिर महिनामा मात्रै ४ अर्ब ८४ करोड राजस्व संकलन

Main News Image

काठमाडौँ । कित्ताकाट खुलेसँगै मंसिर महिनामा घरजग्गा कारोबारमा उत्साह देखिएको छ । चालु आर्थिक वर्षको मंसिर महिनामा घरजग्गा कारोबारबाट ४ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । 

विभागको तथ्यांक अनुसार मङ्सिर महिनामा देशभर ५१ हजार ६३२ वटा नयाँ घरजग्गा किनबेच लिखत पारित भएका छन् । चालु आर्थिक वर्षको सुरुवात साउन महिनामा घरजग्गा कारोबारबाट ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँ राजस्व उठेको थियो । यस्तै कात्तिकमा २ अर्ब ७४ करोड रुपैयाँ उठेको थियो । तर साउन महिनापछि निरन्तर रूपमा ओरालो लागेको घरजग्गा कारोबारमा मङ्सिर महिनामा भने उत्साह देखिएको छ । 

विभागका अनुसार पछिल्लो पाँच महिनामा कुल १६ अर्ब ७८ करोड १७ लाख रुपैयाँ राजस्व संकलन भएको छ । सरकारले गत कार्तिक २४ गते गरेको भू–उपयोग नियमावली, २०७९ तेस्रो संशोधन २०८२ को निर्णय गरेको थियो ।  सोही संशोधनका आधारमा कित्ताकाट खुला भएको थियो । 



 

mediabaaji add

सम्बन्धित खबर

नेप्सेमा १२.५८ अंकको गिरावट, ८ अर्ब ६३ करोडमा झर्‍यो कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक १२.५८ अंकले घटेर २६८३.१५ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२२ कम्पनीको १ करोड ८७ लाख ०३ हजार १८३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६३ करोड १५ लाखको सेयर कारोबार भएको छ । आज ६६ कम्पनीको सेयर मू...

अब अनलाइनबाटै धितो बन्धकी हुने

काठमाडौँ । नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत कार्यालयहरूमा अनलाइन धितो बन्धकी प्रणालीलाई अनिवार्य गर्ने भएको छ । सरकारको नतिजामा आधारित शासकीय प्रवन्ध र डिजिटल नेपालको लक्ष्य अनुरूप सेवालाई छिटो, सहज, र बिचौलियामुक्त बनाउन यो...

आइतबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैय...

तोलामा ५२ सय रुपैयाँले बढेर सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कतिमा हुँदैछ कारोवार ?

काठमाडौँ । दैनिक सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । सुन आज एकैदिन तोलामा पाँच हजार २०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँ पुगेको हो ।

यता, चाँद...

महाकाली सिँचाइको अनुगमनमा मन्त्री घिसिङ, भने-पानी छोड्ने विषयमा भारतसँग कुरा भइरहेको छ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले कञ्चनपुरको ब्रम्हदेवस्थित टनकपुर ब्यारेजेको निरीक्षण गरेका छन् । राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन...

आज विदेशी मुद्राको विनिमयदर कति ? हेर्नुहोस्

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ १५ पैसा र बिक्रीदर १४७ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ । 

यस्तै, युरोपियन युरो एकक...