घरजग्गा कारोबारमा उत्साह, मंसिर महिनामा मात्रै ४ अर्ब ८४ करोड राजस्व संकलन
काठमाडौँ । कित्ताकाट खुलेसँगै मंसिर महिनामा घरजग्गा कारोबारमा उत्साह देखिएको छ । चालु आर्थिक वर्षको मंसिर महिनामा घरजग्गा कारोबारबाट ४ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
विभागको तथ्यांक अनुसार मङ्सिर महिनामा देशभर ५१ हजार ६३२ वटा नयाँ घरजग्गा किनबेच लिखत पारित भएका छन् । चालु आर्थिक वर्षको सुरुवात साउन महिनामा घरजग्गा कारोबारबाट ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँ राजस्व उठेको थियो । यस्तै कात्तिकमा २ अर्ब ७४ करोड रुपैयाँ उठेको थियो । तर साउन महिनापछि निरन्तर रूपमा ओरालो लागेको घरजग्गा कारोबारमा मङ्सिर महिनामा भने उत्साह देखिएको छ ।
विभागका अनुसार पछिल्लो पाँच महिनामा कुल १६ अर्ब ७८ करोड १७ लाख रुपैयाँ राजस्व संकलन भएको छ । सरकारले गत कार्तिक २४ गते गरेको भू–उपयोग नियमावली, २०७९ तेस्रो संशोधन २०८२ को निर्णय गरेको थियो । सोही संशोधनका आधारमा कित्ताकाट खुला भएको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
विदेशी मुद्राको विनिमय दर : डलर, पाउन्ड र खाडी मुलुकको मुद्रा कतिमा हुँदैछ खरिदबिक्री ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले प्रकाशन गरेको विवरण अनुसार आज अमेरिकी डलर एकको खरिद मूल्य १५२ रुपैयाँ ०४ पैसा र बिक्री मूल्य १५२ रुपैयाँ ६४ पैसा तोकिएको छ...



