बिहिबार, ३२ असार २०८३
नेपाली

बिजुलीको बक्यौता राजनीतिक हस्तक्षेपमुक्त, असुलीमा अबरोध गर्नेहरू निस्तेज : मन्त्री घिसिङ

Main News Image

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले बिजुलीको बक्यौता असुली अब राजनीतिक हस्तक्षेपमुक्त भएको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत् घिसिङले विगतमा राजनीतिक तहबाट हुने हस्तक्षेपका कारण बक्यौता असुली प्रभावित भए पनि अब यो समस्या हटेको बताएका हुन् । उनले राजनीतिक हस्तक्षेप मुक्त भएसँगै विद्युत् बक्यौता असुली प्रक्रिया नयाँ चरणमा प्रवेश गरेको बताएका छन् ।

‘विगतमा आम सर्वसाधारण लोडसेडिङको अँध्यारोले आक्रान्त भइरहेका बेला डेडिकेटेड तथा ट्रङ्क लाइन संरचनामार्फत विद्युत उपभोग गर्ने उद्योगहरूलाई तोकिएको प्रिमियम महसुलको बक्यौता रकममध्ये पहिलो किस्ता अधिकांश उद्योगहरूबाट भुक्तानी भएको छ,’ ऊर्जामन्त्री घिसिङले फेसबुकमा लेखेका छन्, ‘यससँगै राजनीतिक नेतृत्वदेखि आम सर्वसाधारणसम्मलाई तरङ्गित बनाएको बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको छ।’

उनले नेपाल विद्युत प्राधिकरणबाट कानुनसम्मत रूपमा पटक–पटक चालिएका कदममा राजनीतिक तहबाट हुने हस्तक्षेपका कारण असुलीमा अवरोध सिर्जना हुँदा यो विषय राष्ट्रिय सरोकारको मुद्दा बनेको पनि उल्लेख गरेका छन् ।

mediabaaji add

सम्बन्धित खबर

निर्धक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्त भण्डारीको आह्वान

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सम्पूर्ण मतदातालाई निर्धक्क भएर मतदान गर्न आह्वान गरेका छन् । उनले निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी सबै तयारी पूरा भइस...

२६ क्षेत्रमा गणना जारी, अधिकांसमा रास्वपाको अग्रता

काठमाडौँ । देशभरका निर्वाचन क्षेत्रमा सुरु भएको मतगणनामा प्रारम्भिक रुपमा दुईतिहाइभन्दा बढी ठाउँमा रास्वपाले अग्रता लिएको छ । विगतमा कांग्रेस एवं एमाले उम्मेदवारहरू निरन्तर निर्वाचित रहेको क्षेत्रमा चलिरहेको मतगणनामा रास्वपाको शुरुवाती अग्रता देखि...

राज्यका सबै संरचनामा अपांगता भएका व्यक्तिको समान सहभागिता हुनुपर्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी छन् । अपांगता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज स्वद...

नेपालमा पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउने ओलीको दाबी

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले नेपालमा हुने आगामी निर्वाचनको परिणाम बंगलादेशको जस्तै आउने दाबी गरेका छन् । उनले बंगलादेशको निर्वाचनका विजेतालाई बधाई तथा शुभकामना पनि व्यक्त गरेका छन् । काठमाडौंबाट आफ्नो निर्वाचन क्षेत्र झापा–५ जाने...

आफूमाथि कुटपिट गर्नेविरुद्ध पूर्वसांसद गंगाले दिइन् प्रहरीमा उजुरी, माओवादीले कुटेको आरोप

दाङ । पूर्वसांसद गंगा थारु आफ्नै गाउँमा कुटिएकी छन् । बाटोसम्बन्धी विवादको क्रममा उनीमाथि उनकै गाउँले महिलाहरूले कुटपिट गरेका हुन् । राप्ती गाउँपालिका–७ मा छलफलको क्रममा गंगाले एक महिलामाथि जाइलागेपछि अन्य महिलाल...

३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको मत छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी द...