आगलागीबाट एक महिनामा आठको मृत्यु
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खा मौसममा आगलागीजन्य विपद्का घटना हुन नदिन आवश्यक पूर्वतयारी, प्रतिकार्य तथा पुनर्लाभसम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्न तीनै तहका सरकारसँग अनुरोध गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै राष्ट्रसङ्घीय निकाय, गैरसरकारी सङ्घसंस्था, विकास साझेदार, निजी क्षेत्र, नागरिक समाज र सञ्चार जगतलगायत सम्बद्ध सबैले आफ्नो तर्फबाट आवश्यक पहल एवं सहयोग गर्न अनुरोध गरेको हो ।
“प्राधिकरणबाट जारी हुने पूर्वसूचना एवं ‘अलर्ट’ अनुसार आवश्यक सतर्कताका लागि विशेष भूमिका निर्वाह गरी नागरिक सुरक्षामा योगदान पुर्याउन समेत आग्रह गर्दछ”, प्राधिकरणका प्रवक्ता शान्ति महतद्वारा जारी सूचनामा उल्लेख छ । पछिल्लो एक महिनाको अवधिमा देशका विभिन्न भूभागमा आगलागीका घटनामा परी आठ जनाको ज्यान गएको छ भने ५५ जना घाइते भएका प्राधिकरणले जनाएको छ । पछिल्लो समय सुक्खायाम र चिसो बढ्दै गएका कारण आगलागीका घटना बढ्दै गएका छन् ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन बहुपक्षीय सहकार्य, समन्वय र सहभागिताबाट मात्र सम्भव हुने उल्लेख गर्दै प्राधिकरणले आगलागीजन्य विपद् रोकथाम तथा न्यूनीकरणका लागि सचेतना अभिवृद्धि गर्न सचेतनामूलक श्रव्यदृश्य सामग्री लक्षित वर्ग, क्षेत्र र समुदायमा पुर्याउन आग्रह गरेको छ । रासस
एक्सप्रेस
सम्बन्धित खबर
आज स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो ।
पौष शुक्ल पूर्णिमा...
विद्यालयमा सेनेटरी प्याड वितरण मेसिन जडान
भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले छात्राहरूको स्वास्थ्य र सुविधालाई लक्षित गर्दै विद्यालयमा स्वचलित ‘सेनेटरी प्याड’ वितरण मेसिन जडान गर्न थालेको छ । महिनावारीको समयमा छात्रालाई सहजता र आत्मविश्वा...
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
काठमाडौँ । आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गरिएको हो । विगतमा वैशाख २ गतेदेखि शैक्षिकसत्र सुरु हुँदै आएकामा वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयले भर्ना लि...
पशुपतिनाथमा महाशिवरात्रीको तयारी तिब्र
काठमाडौँ । पशुपतिनाथमा यस वर्षको महाशिवरात्रीको तयारी तिब्र पारिएको छ । पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरमा मर्मत, सरसफाई र रंगरोगन गरिरहेको छ । यही फागुन ३ गते आइतबार त्रयोदशीका दिन पर्ने महाशिवरात्री पर्वमा पशुपति क्षेत्रमा दर्शन गर्...
इजरायलसँगको श्रम सम्झौता स्वीकृत
काठमाडौँ । सरकारले जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी सहिद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेनजी सहिद परिवार...
आज लक्ष्मी पूजा : आज साँझ धन धान्यकी देवी लक्ष्मीको पूजा गरिँदै
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ । सफा सुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा...



