आइतबार, ०३ साउन २०८३
नेपाली

साउनदेखि २४ घण्टामै सवारी लाइसेन्स पाइने

Main News Image

काठमाडौँ । सरकारले साउन महिनादेखि ट्रायल पास गरेको २४ घण्टाभित्रै सवारी चालक अनुमतिपत्र लाइसेन्स उपलब्ध गराउने व्यवस्था लागू गर्ने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय का अनुसार हाल झण्डै ३० लाख लाइसेन्स छपाई हुन बाँकी रहेकाले सुरुमा ती सबै लाइसेन्स छापेर वितरण गरिनेछ । त्यसपछि नयाँ लाइसेन्स २४ घण्टाभित्रै वितरण गर्ने प्रणाली कार्यान्वयनमा ल्याइनेछ ।

सरकारले असार महिनाभित्र हालसम्म छाप्न बाँकी रहेका सबै लाइसेन्स छपाइ सम्पन्न गर्ने लक्ष्य लिएको छ। पछिल्लो समय लाइसेन्स छपाई कार्यमा तीव्रता आएको मन्त्रालयले जनाएको छ ।

mediabaaji add

सम्बन्धित खबर

सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा पाँच हजार ५०० रुपैयाँले उकालो लागेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा दुई लाख ६७ हजार २०० रुपैयाँ...

निरन्तर सुनको मूल्यमा गिरावट, बिहिबार प्रतितोला कति ?

काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लागि रहेको छ । सुन तोलामा एक हजार ८०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला दुई लाख ९२ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यता, चाँदीको म...

नेप्सेमा सामान्य अंकको गिरावट, ८ अर्ब ६९ करोडको कारोबार

काठमाडौँ । साताको चौथो कारोबार दिन नेप्से परिसूचक  ०.०४ अंकले घटेर २६६२.०९ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२९ कम्पनीको २ करोड २२ लाख ८२ हजार ५० कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६९ करोड २२ लाखको सेयर कारोबार भएको छ । आज ११३ कम्पनीको सेयर...

बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व सङ्कलन

काठमाडौँ । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिनामा वार्षिक लक्ष्यको ४१ दशमलव ४० प्रतिशत अर्थात् २७ अर्ब ९३ करोड ३० लाख दुई हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिस्ट्रेसन मालपोत र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मु...

आजदेखि सोलु हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौँ । सोलु हाइड्रोपावरले आज पुस २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले गत कात्तिक २४ गते २ अर्ब रुपैयाँबराबरको प्रतिसेयर रू १०० अंकित दरका २ करोड कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको...

आज ३०.७५ अंकले बढ्यो नेप्से, ९ अर्ब २० करोड माथिको कारोबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ३०।७५ अंकले बढेर २६३१.१४ को विन्दुमा आईपुगेको छ । नेप्सेमा यसदिन ३०० कम्पनीको २ करोड ९७ लाख ३८ हजार  १३९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २० करोड माथिको...