नेप्सेमा दोहोरो अंकको गिरावट, १० अर्ब ७७ करोडमा झर्यो कारोबार
काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २६.०५ अंकले घटेर २६७२.३९ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२४ कम्पनीको २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ७७ करोड ३९ लाखको सेयर कारोबार भएको छ । आज ४२ कम्पनीको सेयर मूल्य बढ्दा २१२ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज रिडी पावरको सर्वाधिक ७७ करोड १९ लाख रुपैयाँ माथिको कारोबार भएको छ । दोस्रोमा एसवाई प्यानलको ५४ करोड ४ लाख रुपैयाँ र तेस्रोमा अंखु खोला जलविद्युतको ४८ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ९.९७ प्रतिशतका दरले कमाएका छन् । यस्तै, रिडी पावरका लगानीकर्ताले ९.११ प्रतिशत र लिबर्टी इनर्जीका लगानीकर्ताले ७.८४ प्रतिशतका दरले कमाएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
साहस ऊर्जा र एनआरएन इन्फ्रास्ट्रक्चरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, धितोपत्र बोर्डमा दिए आवेदन
काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा दुई कम्पनीले हकप्रद निष्कासनको अनुमति मागेका छन् । साहस ऊर्जा लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडले शतप्रतिशत दरले हकप्रद सेयर निष्कासनको माग गर्दै बोर्डमा आवेदन दिएका हुन् ।
साहस ऊर्ज...
उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले छोडे पद
काठमाडौँ । मुलुककै जेठो र ठूलो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्। उपकुलपति प्राडा दीपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदार प्रसाद रिजालले बिहीबार कुलपति ए...
सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घटयो
काठमाडौँ । बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक १९.६७ अंकले घटेर २६०१.९२ विन्दुमा अडिएको छ । नेप्से परिसूचक घट्दा कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ । अघिल्लो कारोबार दिन बुधबार सेयर बजारमा ३०.०९ अंकले...
राताम्यमा समेत यी १० कम्पनीको शेयर मूल्यमा उच्च सुधार
काठमाडौँ । शेयर बजार लगातार चौथो दिन समेत ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से ३४.६३ अकंले घटेर २७०४.०८ बिन्दुमा कायम भएको हो । कारोबार रकम समेत निरन्तर ओरालो लागि रहेको छ । आज ३४१ कम्पनीको १ करोड ७४ लाख ५२४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब...
१७ निर्माण कम्पनी कालोसूचीमा, सार्वजनिक आयोजनामा प्रतिबन्ध
काठमाण्डौँ । सरकारले १७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै ती कम्पनीहरूलाई एक...
नेप्सेमा ३९.९२ अंकको वृद्धि, ६ अर्ब २८ करोडको कारोबार
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३९.९२ अंकले बढेर २६००.२२ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३४ कम्पनीको १ करोड ३३ लाख ८१ हजार ९२६ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २८ करोड माथिको सेयर कारोबार...



