शुक्रबार, ०१ साउन २०८३
नेपाली

काठमाडौँको प्रदर्शनीमार्ग  हुँदै  चल्ने  सवारी  साधनलाई  डाईभर्सन

Main News Image

काठमाण्डौँ । कार्याक्रमका  कारण  काठमाडौँको प्रदर्शनीमार्ग  हुँदै  चल्ने  सवारी  साधनलाई यतिबेला डाईभर्सन  गरिएको  छ । उक्त  स्थान  हुँदै  चल्ने  सवारी  साधनलाई  पद्मोदयमोड र   सभागृहमोडबाट  डाईभर्सन  गरिएको  हो   । त्यस्तै  र्‍याली भइरहेकाले  टुडिखेल  वरिपरी  भएर चल्ने  सवारी  साधनको आवागमनमा पनि  प्रभाव परेको छ  । 

 सहज  यात्राका लागि  उक्त सडकको  विकल्पमा अन्य   सडकको प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध  समेत गरेको छ । मानिसहरू  भेलाजम्मा भएकोले काठमाडौँको  माईतीघरचोकबाट  सर्भिस  लेन  हुँदै  थापाथलीतर्फ जाने सवारी  साधनलाई मुख्य लेनबाट पठाइएको छ । त्यसैगरी  सामाखुसीचोकमा  र  चावहिलचोकमा पनि मानिसहरू भेलाजम्मा भएकोले सवारी  आवागमनमा केही प्रभाव परेको छ । यसबाहेक काठमाडौँ उपत्यकाको अन्य स्थानको सवारी आवागमन यतिबेला सामान्य रहेको छ । विभिन्न नाकाहरू हुँदै काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि सामान्य रुपमा चलिरहेका छन् । 

mediabaaji add

सम्बन्धित खबर

किष्ट अस्पतालमा तनाव, स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा अश्रु ग्यास प्रहार

काठमाडौँ । सुत्केरीको मृत्यु भएपछि ललितपुरको किष्ट अस्पतालमा तनावको अवस्था सिर्जना भएको  छ ।  सुत्केरी गराउने क्रममा खोटाङकी एक महिलाको मृत्यु भएपछि उनका आफन्तहरूले अस्पताललाई दोष दिँदै तोडफोड गरेको हो । मृतक...

एकै दिन ३ डिग्री सेल्सियसले घट्यो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम

काठमाडौँ । काठमाडौं उपत्यकाकाको न्यूनतम तापक्रम ह्वात्तै घटेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज  बिहान ५ः४५ बजेको मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियसमा झर...

आज विश्व ग्रामीण विकास दिवस मनाइदै

काठमाडौँ । हरेक वर्ष जुलाई ६ मा विश्व ग्रामीण विकास दिवस मनाइन्छ । ग्रामीण समुदायले खाद्य सुरक्षा, गरिबी न्यूनीकरण, कृषि उत्पादन र दिगो विकासमा पुर्‍याएको योगदानको सम्मान गर्दै यो दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२४ स...

रातो मच्छिन्द्रनाथको रथ ठटीटोल पुर्‍याइयो, आज साँझ ‘नरिवल खसाल्ने जात्रा’

काठमाडौँ । वर्षा र सहकालका देवता मानिने प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथलाई आज ललितपुरको लगनखेलस्थित ठटीटोल पुर्‍याइएको छ । रथ यात्राको निर्धारित तालिकाअनुसार भक्तजन र जात्राका सहभागीहरूले उत्साहपूर्वक रथ तानेर ठटीटोल पुर्‍याएका हुन् ।

रथ ठट...

अपराध विरूद्ध निर्मम भई जिम्मेवारी वहन गर्न प्रहरी कर्मचारीहरूलाई महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा चुनौतिहरूको विश्लेषण गर्दै त्यस्ता चुनौतिहरूको सामना गर्न आवश्यक सुरक्षा रणनीति बनाई प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताएका छन् । कार...

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडामा करिब पाँच दशकअघिदेखिको लालपुर्जाको समस्या समाधान हुँदै गएको छ । उक्त समस्यामा यसअघिका प्रक्रिया जिल्लास्थित सराकारवाला निकायले गर्दै आएका थिए भने अब बाँकी प्रक्रिया गाउँपालिका कार्याल...