काठमाडौँको प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी साधनलाई डाईभर्सन
काठमाण्डौँ । कार्याक्रमका कारण काठमाडौँको प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी साधनलाई यतिबेला डाईभर्सन गरिएको छ । उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई पद्मोदयमोड र सभागृहमोडबाट डाईभर्सन गरिएको हो । त्यस्तै र्याली भइरहेकाले टुडिखेल वरिपरी भएर चल्ने सवारी साधनको आवागमनमा पनि प्रभाव परेको छ ।
सहज यात्राका लागि उक्त सडकको विकल्पमा अन्य सडकको प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध समेत गरेको छ । मानिसहरू भेलाजम्मा भएकोले काठमाडौँको माईतीघरचोकबाट सर्भिस लेन हुँदै थापाथलीतर्फ जाने सवारी साधनलाई मुख्य लेनबाट पठाइएको छ । त्यसैगरी सामाखुसीचोकमा र चावहिलचोकमा पनि मानिसहरू भेलाजम्मा भएकोले सवारी आवागमनमा केही प्रभाव परेको छ । यसबाहेक काठमाडौँ उपत्यकाको अन्य स्थानको सवारी आवागमन यतिबेला सामान्य रहेको छ । विभिन्न नाकाहरू हुँदै काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि सामान्य रुपमा चलिरहेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
नेता र व्यवसायीकै घर पर्ने भएपछि पेचिलो बन्दै हेटौंडामा सडक विस्तारको योजना
हेटौंडा । सडक डिभिजन कार्यालय हेटौंडाले बजार क्षेत्रका संरचना हटाउन १५ दिने सूचना जारी गरेसँगै पुन विवाद बल्झिएको छ । डिभिजन कार्यालयले मुख्य सडक दुवैतर्फ २५(२५ गज सीमा कायम गरी नापजाँचको काम अघि बढाएपछि स्थानीय व्यवसा...
नेपाल र भारतबीच विद्युत् आदानप्रदान सम्बन्धी सातबुँदे सहमति
काठमाडौँ । नेपाल र भारतबीच विद्युत् आदानप्रदान, प्रसारण प्रणाली सुदृढीकरण तथा नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा सातबुँदे सहमति भएको छ । यही कात्तिक १७ र १८ गते पोखरामा सम्पन्न नेपाल र भारतको सहसचिवस्तरीय सं...
मोटरसाइकल दुर्घटना : ३१ वर्षीय युवक र पछाडि सवार महिलाको पनि मृत्यु
काठमाण्डौँ । मोरङको बुढिगंगामा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बुढिगंगा गाउँपालिका वडा नम्बर ४ स्थित स्वास्तिक जुट मिल अगाडि प्रदेश १–०२–०४९ प ९२२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक र पछ...
विद्युत् माग र आपूर्ति व्यवस्थापनको लागि प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको अनुगमन
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले लक्ष्मीपूजाका साथै, तिहारका विशेष दिनहरुमा विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएका छन् । सोमबार साँझ नेपाल व...
रसुवा बाढीपीडितका लागि खोज, उद्धार तथा राहत सामग्री सहयोग गर्न प्राधिकरणको अपिल
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको र प्रभावित क्षेत्रमा हालसम्म पनि खोज, उद्धार तथा राहत व्यवस्थापनका कार्यहरू निरन्तर भइरहेको जनाएको छ ।
शुक्रबार एक...
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु, चालक र पछाडि बस्ने दुवै पक्राउ
काठमाण्डौँ । डोटीमा मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु भएको छ । शिखर नगरपालिका–१० बान्डुङग्रीसैनमा सुपप्र।०१०१३प १२ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँकी ६८ वर्षीया तारादेवी बलायरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार के...



