बिहिबार, ३२ असार २०८३
नेपाली

देउवा–खड्का पक्षको शक्ति प्रदर्शन तयारी, राष्ट्रिय सभा निर्वाचनपछि कांग्रेसको राष्ट्रिय भेला

Main News Image

काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष फेरि सतहमा देखिने भएको छ । पार्टीका पूर्व सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह खड्का निकट समूहले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएलगत्तै राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ ।

विशेष महाधिवेशनमार्फत गगन थापा कांग्रेस सभापतिमा निर्वाचित भइसकेपछि र निर्वाचन आयोगले त्यसलाई औपचारिक मान्यता दिएपछि पार्टी नेतृत्वबाट बाहिरिएको तत्कालीन संस्थापन पक्षले अब अलग्गै राजनीतिक गतिविधि तीव्र बनाएको हो । गगन थापाकै निर्णयअनुसार पार्टी निर्वाचन प्रक्रिया अघि बढेपछि असन्तुष्ट बनेको यो समूह भेलामार्फत आफ्ना धारणा सार्वजनिक गर्ने तयारीमा जुटेको छ ।

आयोजनाको तयारी भइरहेको राष्ट्रिय भेलामा पार्टीका वर्तमान तथा पूर्व पदाधिकारी, केन्द्रीय सदस्य, पूर्व राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्य, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिको सहभागिता रहने बताइएको छ। भेलाबाट पार्टीको आगामी दिशा र रणनीतिसम्बन्धी केही महत्वपूर्ण निर्णयसमेत लिने तयारी रहेको स्रोतले जनाएको छ।

देउवा–खड्का पक्षले कांग्रेसको नीति, सिद्धान्त र ऐतिहासिक आदर्शलाई आधार मानेर अघि बढ्नुपर्नेमा जोड दिँदै हालको नेतृत्व एकल निर्णयतर्फ उन्मुख भएको आरोप लगाएको छ। पार्टी सभापति निरंकुश बन्दै जान खोजेको दाबी गर्दै नेतृत्वलाई ‘सन्तुलन र नियन्त्रण’मा राख्न राष्ट्रिय भेला आवश्यक भएको उनीहरूको भनाइ छ।

यस घटनाक्रमसँगै नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद पुनः चर्किने संकेत देखिएको छ।

mediabaaji add

सम्बन्धित खबर

सरकार र जेनजीबीच लिखित सम्झौता हुने : संयोजन गर्दै प्रधानमन्त्रीका सल्लाहकार

काठमाडौँ । जेनजी आन्दोलनका माग र मुद्दाहरू कार्यान्वयनका लागि सरकार र जेनजी समूहबीच लिखित सम्झौता हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हस्ताक्षरका तयारी तीव्र भइरहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार...

चुनावमा उम्मेदवार बन्नेबारे निर्णय गरेको छैन : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफूले निर्वाचनमा उम्मेदवारी दिने वा नदिनेबारे कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिने चर्चा भइरहेका बेला मन्त्री खरेलले अहिलेसम्म सो विषयमा कुनै न...

पूर्णबहादुर खड्काको धम्कीले आयोग प्रभावित हुनु हुँदैन : विश्वप्रकाश शर्मा

काठमाडौँ । विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले आन्दोलनको पूर्णबहादुर खड्काको धम्कीबाट निर्वाचन आयोग प्रभावित हुन नहुने बताएका छन्। निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा खड्काले उक्त कुरा बताएका हुन् ।

शेरबहादुर...

केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै

काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठक आज आइतबार बस्दै छ । बैठक आइतबार दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्न लागेको हो। गृह मन्त्री ओम प्रकाश अर्यालले शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न बैठक बोलाएका हुन् ।

<...

सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी जग्गामा निर्माण गरी प्रयोग हुँदै आएका निजामती कर्मचारी ट्रेड युनियन तथा संगठनका भवन र संरचना तीन दिनभित्र खाली गर्न निर्देशन दिएको छ ।

मन्त्रालयका अनुस...

वडाध्यक्षलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

बुटवल । बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले मंगलबार निर्वाचन आयोग, नेपाली कांग्रेसलग...