उपचारका लागि देउवा दम्पती सिंगापुर प्रस्थान
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । उनी सोमबार राति पत्नी आरजु राणासहित उपचारका लागि सिंगापुर गएका हुन् । देउवा दम्पती सोमबार राति सिंगापुर एयरलाइन्समार्फत सिंगापुर प्रस्थान गरेका हुन् । जेनजी आन्दोलनको दोस्रो दिन बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो। त्यसक्रममा देउवाको टाउकोमा चोट लागेको र उपचारका क्रममा १२ टाका लगाइएको थियो ।
देउवाले असोज २८ गते केन्द्रीय कार्यालय पुगेर स्वास्थ्यलाई कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति जिम्मा दिएका थिए।
एक्सप्रेस
सम्बन्धित खबर
‘जेनजी युनाइटेड परिवर्तन’ समूहका सदस्य माइतीघरबाट पक्राउ
काठमाडौं । माइतीघर मण्डलामा ‘जेनजी युनाइटेड परिवर्तन’ समूहका सदस्यहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत भाद्र २३ र २४ गतेको ‘जेन्जी आन्दोलन’मा मृत्यु भएका सहिदहरूको सम्झनामा फोटोसहितको ब्यानर...
प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आजदेखि सुनुवाइ
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद...
सभामुख अर्यालले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गर्ने भएका छन् । यो बैठक आज बिहान १०:०० बजे सिंहदरबारस्थित कानुन समितिको हलमा बस्ने तय भएको छ ।
बैठकको मुख्य एज...
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसमक्ष ‘प्रिन्सिपल एसोसियएसन अफ नेपाल’ पानले विद्यालय शिक्षा ऐन छिटो जारी गरिनुपर्नेलगायत विद्यालय क्षेत्रका सुधारसँग सम्बन्धित विषयमा ध्यानाकर्षण गराएको छ । सो एसोसिएसनका अध्यक्ष सुदामप्रस...
बालेन केपी ओलीसँग भिड्ने निश्चित, मेयर पदबाट कहिले दिन्छन् राजीनामा ?
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह झापा क्षषत्र नम्बर ५ बाट उम्मेदवार बन्ने लगभग निश्चित भएको छ । यो क्षेत्र नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाब जित्दै आएको क्षेत्र हो । उम्मेदवारी दिनका लागि बाल...
८ वामपन्थी दलबीच पार्टी एकता सहमति, कार्तिक १९ मा संयुक्त सम्मेलन हुने
काठमाडौँ । नेपालको प्रमुख वामपन्थी ८ दलहरूले पार्टी एकता गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र आर्थिक रूपान्तरणमार्फत समाजवादी क्रान्तिको लक्ष्य हासिल गर्ने उद्दे...



