शनिबार, २७ भदौ २०८३
नेपाली

बंगलादेशमा फेरि प्रदर्शन चर्कियो

Main News Image

काठमाडौँ । बंगलादेशमा लोकप्रिय विद्यार्थी नेता सरिफ ओस्मान हादीको निधनपछि देशभर प्रदर्शन चर्किएको छ । स्थिति नियन्त्रणबाहिर जान थालेपछि शुक्रबार ढाकासहित विभिन्न क्षेत्रमा प्रहरी र अर्धसैन्य दस्ता परिचालन गरिएको छ । बिहीबार राति देशका विभिन्न स्थानमा हिंसा, तोडफोड र आगजनीका घटना भएका छन्। प्रदर्शनकारीले दुई लोकप्रिय सञ्चारमाध्यम ‘प्रोथोम आलो’ र ‘डेली स्टार’को कार्यालयमा समेत आक्रमण गरेका छन् ।

आगामी फेब्रुअरी १२ मा आम चुनाव हुने तय भएको बेला भएको यो प्रदर्शनले अधिकारीहरूलाई चिन्तित बनाएको छ । छ दिनसम्म उपचारपछि इन्कलाव मञ्चका प्रवक्ता सरिफ ओस्मान हादीको बिहीबार निधन भएको थियो । बंगलादेशमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि सिंगापुर लगिएको थियो। गत साता शुक्रबार ढाकामा नकाबधारीले उनलाई टाउकोमा गोली हानेका थिए ।

mediabaaji add

सम्बन्धित खबर

पाकिस्तानद्वारा अफगानिस्तानमा हमला गर्दा ४०० जनाको मृत्यु

काठमाडौँ । सोमबार राति पाकिस्तानले अफगानिस्तानमा पुनः हवाई हमला गरेको दाबी गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी वायुसेनाका लडाकु विमानले राजधानी काबुलका विभिन्न क्षेत्रमा आक्रमण गरेका हुन् । उक्त आक्रमणमा ४०० जनाको मृत्यु भएको र २५०...

विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिँदै अर्जेन्टिना

काठमाडौँ । अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ । परराष्ट्रमन्त्री पाब्लो क्विर्नोले मङ्गलबार सामाजिक सञ्जालमा जानकारी दिएका हुन् । उनका अनुसार यो निर्णय १७ मार्च सन् २०२५ मा संयुक्त राष्ट्र सङ्घको महासचिवलाई पठाइएक...

दक्षिण कोरियाका राष्ट्रपतिद्वारा हान सेओङ–सुकलाई प्रधानमन्त्री नियुक्त

काठमाण्डौँ । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले हान सेओङ–सुकलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति प्रवक्ता काङ् यु–जुङले बुधबार घोषणा गरेका छन् । नियुक्ति आगामी जुलाई १ देखि लागू हुने जनाइएको छ। यससँगै हान ली जे म्युङको प्रशासनमा दोस्...

‘टोकियो सप्ताह’को तयारी पूरा,पण्डित दीनबन्धु टोकियोमा

टोकियो । आगामी साता जापानको टोकियोमा हुन लागेको ‘टोकियो सप्ताह-२०२५' को तयारी लगभग पूरा भएको छ । नेपाली समुदायको आफ्नै भवन र मन्दिर बनाउन नोभेम्बर ८ देखि १५ सम्म टोकियोको शिन्जुकोमा महायज्ञ हुन लागेको हो ।

अमेरिकासँग अन्तिम सम्झौताका लागि वार्ता अझै सुरु नभएको इरानको दाबी

काठमाण्डौँ । इरानले आफ्नो आणविक कार्यक्रमसहित अमेरिकासँग हुने अन्तिम शान्ति सम्झौता सम्बन्धी औपचारिक वार्ता अझै सुरु नभएको दाबी गरेको छ । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सरकारी प्रसारक आईआरआईबीसँग कुरा गर्दै अन्तिम सम्झौताका लागि...

मोदीले पुटिनसँग भने – हामी युक्रेन युद्धमा तटस्थ रहन सक्दैनौँ, हामी शान्ति चाहन्छौँ

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूस–युक्रेन युद्धमा भारत तटस्थ रहन नसक्ने बताएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शुक्रबार हैदराबाद हाउसमा वार्ता गर्दै मोदीले भारत तटस्थ बस्न नसक्ने भन्द...