शुक्रबार, ०१ साउन २०८३
नेपाली

निर्माण क्षेत्रमा आपत्काल घोषणा गर्न माग

Main News Image

काठमाडौँ । निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा आपत्काल घोषणा गर्न माग गरेको छ । परिषद्ले जारी गरेको विज्ञप्तिमा, निर्माण सामग्रीको मूल्य अत्यधिक बढेसँगै उद्योग ठप्प हुने स्थितिमा पुगेको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ कि मध्यपूर्व युद्धका कारण डिजेल, पेट्रोल, मट्टितेललगायत इन्धनजन्य सामग्रीको मूल्यमा निरन्तर वृद्धि भएको छ ।

यससँगै बिटुमिन, सिमेन्ट, डण्डी र अन्य अत्यावश्यक निर्माण सामग्रीको मूल्य बढ्नु र बजारमा अभाव देखिनु निर्माण व्यवसायीहरूका लागि चुनौतीपूर्ण बनेको छ ।

परिषद्ले हालको कानुनी व्यवस्थाले मूल्य समायोजन गर्न नसक्ने भन्दै तत्काल ‘मूल्य समायोजनको मार्ग निर्देशिका–२’ जारी गर्नुपर्ने र सबै अवधिका ठेक्काहरूमा मूल्य समायोजनको व्यवस्था गरी निर्माण व्यवसायीका समस्या तुरुन्त सम्बोधन गर्नुपर्ने आग्रह गरेको छ ।


mediabaaji add

सम्बन्धित खबर

चुनावका लागि जनकपुर-जयनगर रेल सेवा ३ दिन बन्द गरिने

काठमाण्डौँ । नेपाल रेल्वे कम्पनी लिमिटेडले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गर्दै जनकपुर-जय...

बुधबार नेप्सेमा ३०.०९ अंकको गिरावट, डिबेन्चरमा सर्वाधिक कारोबार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक ३०.०९ अंकले घटेर २६२१.५९ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३६२ कम्पनीको ८४ लाख ६३ हजार १५ कित्ता सेयर खरिद बिक्री हुँदा रू ४ अर्ब ८२ करोडमा...

चीनलाई सबैमा करमा छुट दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले चक्रपथ दोस्रो खण्ड विस्तारका लागि आवश्यक सामाग्री खरिद, आयत निर्यातमा सबैमा कर छुट दिने निर्णय गरेको छ । यो निर्णयसँगै लामो समय देखि रोकिएको दोस्रो खण्डको चक्रपथ विस्तार प्रक्रिया अघि बढाउने बाटो खुलेको छ । काठमाडौँ चक्रपथको दोस...

बीपी राजमार्ग पुनर्निर्माण तीव्र, जाइका मार्फत २ अर्ब ६० करोडमा ३।२ किमि सडक निर्माण हुने

रामेछाप । बीपी राजमार्ग अन्तर्गत काभ्रे–सिन्धुली खण्डको काभ्रेको पिप्लेदेखि सिन्धुलीको बर्खेखोलासम्म बाँकी रहेको सडक खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको अनुदान सहयोगमा दुई लेनमा निर्माण गरिने भएको छ ।

२ अर्ब ६० करोड रुपैयाँ अनुदान...

सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ । सुन तोलामा तीन हजार ५०० र त्यति नै परिमाणको चाँदीको मोलसय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५६...

आज ५ हजार २०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ५ हजार २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँ काय...