शनिबार, २३ जेठ २०८३
नेपाली

गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग

Main News Image

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङमाथि उठेका गम्भीर आरोपहरूको विषयमा तत्काल कारबाहीको माग गर्दै जेनजी मुभमेन्ट नेपालले सरकारको ध्यानाकर्षण गराएको छ । संगठनले आइतबार जारी गरेको प्रेस वक्तव्यमा मन्त्री गुरुङलाई पदबाट बर्खास्त गरी पक्राउ गर्न तथा निष्पक्ष अनुसन्धान अघि बढाउन माग गरिएको हो ।

वक्तव्यमा पदमै बसेर छानबिन गर्नु सम्भव नहुने उल्लेख गर्दै यसले स्पष्ट रूपमा स्वार्थको द्वन्द्व सिर्जना गर्ने बताइएको छ । मन्त्री पदमा रहँदा आफ्नैविरुद्ध निष्पक्ष छानबिन हुन नसक्ने भन्दै संगठनले यसलाई आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत ठहर गरेको  छ ।

त्यसैगरी, वक्तव्यमा बालेन शाह नेतृत्वको सरकारप्रति लक्षित गर्दै क्याबिनेट गठनलाई गम्भीर राजनीतिक र नैतिक निर्णयका रूपमा लिनुपर्ने उल्लेख गरिएको छ। हचुवाको भरमा मन्त्री नियुक्त गर्ने र पछि हटाउने प्रवृत्तिलाई अस्वीकार्य बताउँदै जिम्मेवार नेतृत्वले परिपक्वता, दूरदर्शिता र जवाफदेहिता प्रदर्शन गर्नुपर्नेमा जोड दिइएको छ ।


mediabaaji add

सम्बन्धित खबर

समानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख थान मतपत्र छपाइ भइसकेको जनाएको छ। मतपत्र छपाइकार्य यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु भएको थियो । 

अब ५० लाख थान मतपत्र छाप्...

शिक्षामन्त्री पुनको भनाइ : विदेश घुमेर अर्थतन्त्र बन्दैन

काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले मन्त्री बनेपछि आएका पाँचवटै विदेश भ्रमणका निमन्त्रणा अस्वीकार गरेको बताएका छन् । देशको अर्थतन्त्र नसुधारेसम्म प्रगति सम्भव नभएको भन्दै उनले विदेश भ्रमणले अर्थतन्त्र नबन्ने स्पष्ट पारेका छन् ।

उच्च अदालतद्धारा रविलाई थुनामुक्त गर्न आदेश !

काठमाण्डौँ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हुनसक्ने सम्भावित बिगो रकम स्विकार गरी थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले २६ साउन, २०८२ मा जिल्...

बालेनको राजीनामापछि एक वर्षका लागि काठमाडौंका मेयर रविका दाजु हरिशरण लामिछाने !

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच सात बुँदे सहमति भएसँगै अब काठमाडौं महानगरपालिकाको मेयर पद रिक्त हुने देखिएको छ । सहमति अनुसार बालेन प्रधानमन्त्री बन्नका लागि प्रतिनिधि सभाको निर्वाच...

आईजीपी खापुङको प्रश्न : गोली नचलाउँदा पनि प्रहरी दोषी, चलाए पनि बयान दिँदै हिँड्नुपर्ने ?

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक आईजीपी चन्द्रकुबेर खापुङले जेनजी आन्दोलनसम्बन्धी छानबिन आयोगले प्रहरीसँग बयान लिएकोप्रति आपत्ति जनाएका छन् । इमेज टेलिभिजनमा दिएको अन्तर्वार्ताका क्रममा आईजीपी खापुङले पानी समेत नपिएर ड्युटीमा खटिएको प्रहरीलाई...

गोपाल किरातीको प्रश्न : ज्ञानेन्द्र शाह र प्रचण्डमा कसरी फरक छुट्टाउने ?

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता गोपाल किरातीले पार्टी नेताहरूको शैली राजा महाराजाको जस्तो रहेकोमा कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमार्फत नेता किरातीले पार्टी गतिविधि र नेताहरूको कार्यशैलीमाथि प्रश्न गरेका ह...