बुधबार, ३१ असार २०८३
नेपाली

भोजपुरमा धान उत्पादनमा गिरावट : अनियमित मौसमले किसानलाई सास्ती

Main News Image

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण भोजपुर जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्‍याउँदा उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी घनश्याम बरालका अनुसार समयमै पानी नपर्दा रोपाइँ प्रभावित हुनुका साथै केही स्थानमा अत्यधिक वर्षाले धानबाली डुबानमा परेर नष्ट भएको हो। “मौसमको अनियमितताले धानखेती गर्ने किसान सबैभन्दा बढी प्रभावित भएका छन्”, उनले बताए।

तथ्याङ्कअनुसार गत वर्ष ३७ हजार ७९० मेट्रिक टन धान उत्पादन भएको भोजपुरमा यस वर्ष घटेर ३६ हजार ९९८ मेट्रिक टन मात्र उत्पादन भएको छ। उत्पादन मात्र होइन, धानखेती गरिएको क्षेत्रफल पनि घटेको छ। गत वर्ष १२ हजार १५४ हेक्टरमा धान रोपिएकामा यस वर्ष ११ हजार ५०० हेक्टरमा मात्र खेती गरिएको छ। बेमौसमी वर्षाले गर्दा करिब ७८ हेक्टर क्षेत्रफलको धानबालीमा आंशिक तथा पूर्ण क्षति पुगेको केन्द्रको तथ्याङ्कले देखाउँछ। यस वर्ष जिल्लाभर करिब ९६ प्रतिशत मात्र रोपाइँ भएको थियो।

जिल्लाका सबै स्थानीय तहका तल्लो भेग तथा बेँसी क्षेत्रमा धानखेती हुने गर्दछ। कतिपय उपयुक्त बेँसी क्षेत्रमा किसानले वर्षमा दुई बाली धान उत्पादन गर्दै आए पनि यस वर्ष मौसम प्रतिकूल हुँदा ठुलो नोक्सानी बेहोर्नुपरेको किसानहरूले बताएका छन्।

mediabaaji add

सम्बन्धित खबर

एकैदिन तोलामा १० हजार ४ सय बढ्यो सुनको भाउ, कति पुग्यो ?

काठमाण्डौँ । सुनको मूल्य आज एकैदिनमा १० हजार चारसय रुपैयाँ बढेको छ । बुधबार सुनको मूल्य दुई लाख ९५ हजार एकसय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो मूल्य आजसम्मकै सबैभन्दा महँगो हो । 

गएको आइतबारदेखि निरन्तर बढ्दै आ...

एनएमबि बैंकद्वारा ‘सफ्टपोस’ सेवा सुरु, स्मार्टफोनबाटै कार्ड भुक्तानी लिन सकिने

काठमाडौँ । एनएमबि बैंकले नेपालमा पहिलोपटक सफ्टपोस सेवा सुरु गरेको छ । कुनै पनि सपोर्ट गर्ने एन्ड्रोइड मोबाइल फोनलाई पोस मेसिनको रूपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । यस सेवामार्फत डेबिट वा क्रेडिट कार्डहरूबाट साना...

यस्तो छ शुक्रबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १...

बुधबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेको छ। अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९१ पैसा तोकिएको छ । यस्तै, युरोप...

नेप्सेमा सामान्य अंकको वृद्धि, ११ अर्ब ४९ करोड माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ५.३८ अंकले बढेर २७३१.८९ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३४ कम्पनीको २ करोड ३६ लाख १८ हजार १८६ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४९ करोड ३९ लाखको सेयर कारोबार भएको छ । आज १४१ कम्पनीको सेयर म...

एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु

काठमाडौँ । एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउन कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरु गरेको छ । यो नयाँ सेवाले भौतिक र अनलाइन ई–कमर्स दुवै प्रका...