आइतबार, २८ भदौ २०८३
नेपाली

एनआरएनएबीच एकता घोषणा

Main News Image

काठमाडौं।  गैर आवासीय नेपाली संघ एनआरएन बीच एकता सम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा महेश श्रेष्ठ र डा बद्री केसीले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । एनआरएनए पछिल्ला केही वर्षदेखि श्रेष्ठ र केसीको नेतृत्वमा क्रियाशील थिए। मुलुकमा फेरिएको परिस्थितिबीच दुवै संस्थाको नेतृत्व दश बुँदे सहमति गर्दै एकताबद्ध हुन तयार भएको हो ।

सो अवसरमा  प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपाली संघको एकता घोषणा कोशेढुंगा सावित हुने बताएकी छन् । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समिति एनआरएनएको एकता घोषणा कार्यक्रमलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपालीको हित र आवश्यकता बुझेर जहाँ रहे पनि नेपाली हुँ भन्ने भावना देखाएर नेपालको विकास र उन्नतिमा लाग्न आह्वान गरिन्।

प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपालीले संविधान र कानुनबमोजिम पाउने हक र सुविधामा सरकारले सक्दो वातावरण मिलाउने विश्वास दिलाइन्।

mediabaaji add

सम्बन्धित खबर

यस्तो छ आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम

काठमाडौँ । काठमाडौं उपत्यका चिसो बढ्दै गइरहेको छ । तर, आज बिहान हिजोको तुलनामा थोरै तापक्रम बढी छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज बिहान ५ः४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्...

त्रिविको ५१ औं दीक्षान्त समारोह आज

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज हुँदैछ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक अर्यालले जानकारी दिए । समा...

पासपोर्टमा ‘काम गर्न निषेध’ लेख्ने दुई कर्मचारी हटाइए

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका दुई अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ । अध्यागमन विभाग का अनुसार उनीहरूले कानुनविपरीत पासपोर्टमा ‘काम गर्न निषेध’ लेख्ने गैरकानुनी अभ्यास गरेका थिए ।

यूएई जान लागेका नेपालीको...

आगलागीबाट एक महिनामा आठको मृत्यु

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खा मौसममा आगलागीजन्य विपद्का घटना हुन नदिन आवश्यक पूर्वतयारी, प्रतिकार्य तथा पुनर्लाभसम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्न तीनै तहका सरकारसँग अ...

आज जनैपूर्णिमा मनाइँदै

काठमाडौँ । देशभर नव यज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन छ । तागाधारीले गुरु पुरोह...

जेनजी आन्दोलनका घाइतेलाई भैपरी खर्चवापत् २० हजार सहयोग, ४८ लाख रुपैयाँ निकासा

काठमाडौँ । सरकारले ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भैपरी खर्चबापत् रु ४८ लाख ५८ हजार निकासा गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा भैपरी खर्चबापत् प्रत्येक...