शनिबार, ३० साउन २०८३
नेपाली

साना किसानको दैनिक ६० हजारभन्दा बढी दूध किन्दै डिडिसी : त्रिपक्षीय सम्झौता सम्पन्न

Main News Image

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र दुग्ध विकास संस्थानबीच दैनिक ६० हजारभन्दा बढी दूध खरिदबिक्री गर्ने बारे त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ ।

दुग्ध विकास संस्थान लैनचौरमा भएको सम्झौता अनुसार आगामी भदौ १ गतेदेखि केन्द्रीय संघ र साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का साझेदार दुग्ध उत्पादक सहकारी संस्था एवम् सदस्य किसानहरूले अहिले दिँदै आएको दूधबाहेक यसै आर्थिक वर्षमा दैनिक ६० हजारभन्दा बढी लिटर दूध डिडिसीलाई उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

डिडिसीले यी दुई संस्थाका सञ्जालमार्फत यसअघि दूध लिएर तिर्न बाँकी रकम आगामी १ महिनाभित्र भुक्तान गरिसक्नुपर्ने, दूधको मात्रा र गुणस्तर सुरुवाती सङ्कलन केन्द्रमा मापन गर्दाकै कायम हुनुपर्ने, दूधको कन्भर्जको व्यवस्था गर्नुपर्ने, पशुपालन र दूध उत्पादन बढाउन तालिम, क्षमता विकास लगायतका कार्यक्रम सञ्चालन गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

सम्झौता पछि बोल्नुहुँदै संस्थानका महाप्रबन्धक डा. सरन कुमार पाण्डेले दुग्ध क्षेत्रको विकास प्रवर्द्धन गर्न यो सम्झौता कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो ।

महाप्रबन्धक पाण्डेले सहकारीको मूलमर्मलाई स्थापित गर्न साना किसान कृषि सहकारी संस्थाहरूले गरेको योगदानप्रति उच्च प्रशंसा गर्दै यस सञ्जालसँग जोडिएर डिडिसीले काम गर्न पाउँदा आफूहरूलाई खुसी लागेको बताउनुभयो ।

उहाँले दुग्ध सङ्कलन र बजारीकरण मात्र नभई पशुपालन र दुग्ध उत्पादनको बहुआयामिक क्षेत्रमा काम गर्ने स्पष्ट पार्नुभयो ।

डिडिसीमा विगतमा देखिएका भुक्तानी लगायतका समस्याहरू अब नदोहरिने भन्दै महाप्रबन्धक पाण्डेले नियमित भुक्तानीको ग्यारेन्टी गरेरै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साझा प्रयास र पहलबाट मात्र समृद्धि सम्भव रहेको भन्दै महाप्रबन्धक पाण्डेले यस सम्झौताले यी सबै बाटो खुलेको बताउनुभयो ।

किसानको जीवनस्तर सुधारसँगै आर्थिक सामाजिक रूपान्तरणमा सुधार ल्याउन सके समग्र अर्थतन्त्रमा सुधार गर्न सकिने बताउनुभयो ।

यसैगरी सम्झौता पश्चात् बोल्नुहुँदै साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष खेम बहादुर पाठकले किसानको आयआर्जन बढाउने, उत्पादन बढाउने र आत्मनिर्भरता बढाउने कार्यमा यो सम्झौताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष पाठकले सरकारले अगाडि बढाएका नीति तथा कार्यक्रममा विगतका वर्षदेखि नै आफूहरूले साथ सहयोग गर्दै अगाडि बढेको भन्दै यो सम्झौताले सहकार्यको अर्को ढोका खोलेको बताउनुभयो ।

पाठकले प्रधानमन्त्रीको समेत प्राथमिकतामा परेको डिडिसीलाई माथि उठाउन किसान तहबाटै सबैको साथ सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले दूधमा देशलाई आत्मनिर्भर बनाउने बाटोमा अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

डिडिसीप्रतिको विगतको धारणा बदल्दै सुधारको सुरुवात भइसकेको स्पष्ट देखिसकिएको भन्दै अध्यक्ष पाठकले अब नयाँ पहलमा दुग्ध उत्पादक किसानहरू ढुक्क भएर यस अभियानमा जोडिन आग्रह गर्नुभयो । पाठकले कहीँकतै कुनै कमी कमजोरी भएको देखे तत्काल सुधारका लागि सुझाव दिन सबैलाई अनुरोध गर्नुभयो ।

यसैगरी सम्झौता पश्चात् बोल्नुहुँदै नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का अध्यक्ष एकराज उप्रेतीले डिडिसीसँग भएको सम्झौताले नेपाली दुग्ध उत्पादक किसानहरूका लागि ऐतिहासिक दिन भएको उल्लेख गर्नुभयो ।

उहाँले सबै किसानहरूको जीवनमा आर्थिक रूपमा सबलता ल्याई मुहारमा खुसी थप्दै जान यो सम्झौताले सहयोग पुग्ने स्पष्ट पार्नुभयो ।अहिले केन्द्रीय संघको सञ्जालमा रहेका संस्थाहरूले दैनिक ४७ हजार लिटर दूध उत्पादन गर्दै आएको भन्दै उहाँले यस उत्पादनलाई बढावा दिँदै जाने विषयमा समेत यस सम्झौताले प्रेरणा थप्ने बताउनुभयो । 

अहिले तत्कालका लागि थप १५ हजार लि. दूध डिडिसीलाई दिने र यसलाई बढाएर यसै वर्ष ६० हजारभन्दा बढी लिटर दूध डिडिसीलाई दिने उप्रेतीले बताउनुभयो। उहाँले दूध बेचेको पैसा समयमै प्राप्त गर्ने सुनिश्चितता हुने कुरामा आफू विश्वस्त रहेको समेत उक्त अवसरमा बताउनुभयो ।

सम्झौतामा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का महाप्रबन्धक डा. रुद्र बहादुर श्रेष्ठ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत बासु अधिकारी, दुग्ध विकास संस्थानका महाप्रबन्धक डा. सरन कुमार पाण्डेले हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौता कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. नायब प्रमुख कार्यकारी अधिकृत झलेन्द्र भट्टराई, वरिष्ठ प्रबन्धक दिपाकर रुपाखेती, डिडिसीका उपमहाप्रबन्धक, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।


mediabaaji add

सम्बन्धित खबर

लगातार घट्दै आएको अस्ट्रेलियन डलर, युरो र पाउन्डको विनिमयदर आज कति ?

काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसतो विदेशी मुद्राको विनिमयदर स्थिर छ । हिजो जुन मूल्यमा कारोबार भएको थिय...

पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पू...

होटल पार्क ल्याण्डले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा दियो आवेदन

काठमाडौँ । होटल पार्क ल्याण्ड लिमिटेडले आईपीओ निष्कासन अनुमतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल १५ लाख कित्ता सेयर निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक...

आज १३.८८ अंकले घट्यो नेप्से, कारोबार ३ अर्ब ५१ करोडमा सीमित

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १३.८८ अंकले घटेर २५८१.२१ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३२ कम्पनीको ९१ लाख ६७ हजार ३५९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५१ करोड ५९ लाखको सेयर कारोबार भएको छ । आज ५४ कम्पनीको सेयर मूल्य बढ्...

सार्वजनिक ऋण पौने २८ खर्ब पुग्यो

काठमाडौँ । कुल गार्हस्थ्य उत्पादन जीडीपीमा सार्वजनिक ऋणको हिस्सा ४७.१३ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सरकारले २८ खर्ब ७८ अर्ब रुपैयाँ सार्वजनिक ऋण लिँदा जीडीपीमा यसको अनुपात बढेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौँ । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ । निगमले ग्यास उद्योगी तथा एलपी ग्यासका बिक्रेताहरूलाई घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर एलपी...