शनिबार, २७ भदौ २०८३
नेपाली

ट्राफिक सप्ताहको दोस्रो दिन: उपत्यकामा २० हजार हाराहारी सडक प्रयोगकर्तामा सुरक्षा सन्देश

Main News Image

काठमाण्डौँ ।  सडक दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै सञ्चालन भइरहेको ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ अन्तर्गत काठमाडौं उपत्यकामा दोस्रो दिन व्यापक सचेतनामूलक गतिविधि सञ्चालन गरिएको छ। अभियानबाट एकै दिन झण्डै १९ हजार ९ सय २३ जना सडक प्रयोगकर्ता प्रत्यक्ष लाभान्वित भएका छन् ।

ट्राफिक प्रहरीले यात्रु, पैदलयात्री र चालकलाई केन्द्रमा राखेर जेब्राक्रसिङ, आकाशेपुल र सब–वे प्रयोगबारे व्यवहारिक अभ्यास गराउँदै सुरक्षित सडक प्रयोगको सन्देश प्रवाह गरेको छ। यस क्रममा ५ हजार ३ सय १ जना यात्रु तथा पैदलयात्रीलाई सुरक्षित रूपमा बाटो काट्ने अभ्यास गराइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सडकमा चालकको स्वास्थ्य र व्यवहार सुधारलाई जोड दिँदै ३ सय १९ जना चालकको एकदिने आँखा परीक्षण, २ सय ११ जना चालक–परिचालकसँग चियापानसहित अन्तरक्रिया, ४२ जना टिपर चालकलाई दुर्घटना न्यूनीकरण प्रशिक्षण तथा ८३ जना ट्राफिक स्वयंसेवक परिचालन गरिएको थियो ।

त्यसैगरी ४ हजार ८ सय ३५ जना चालक–परिचालकसँग दुई मिनेट सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो भने २ हजार २ सय ३४ जना दुई पाङ्ग्रे र २ हजार ९ सय ३७ जना चार पाङ्ग्रे सवारी चालकलाई विशेष सचेतना दिइएको छ। रात्रीकालीन समयमा मात्रै २ हजार ८ सय ८ जना सडक प्रयोगकर्तालाई ट्राफिक नियम र सुरक्षाबारे जानकारी गराइएको प्रहरीले जनाएको छ।

सडक सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले २ सय ७० स्थानमा सडक फर्निचर सरसफाइ, १ सय ३५ सवारी साधनलाई पिक एन्ड ड्रप व्यवस्थापनबारे जानकारी, १० हजार ६ सय १० जनालाई पर्चा–पम्प्लेट वितरण तथा ४ हजार ५ सय १४ वटा ट्राफिक सचेतनामूलक स्टिकर टाँस गरिएको छ।

ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदी का अनुसार सानो लापरबाहीले ठूलो दुर्घटना निम्त्याउन सक्ने यथार्थलाई आत्मसाथ गर्दै सुरक्षित सडक संस्कार विकास र जनधनको क्षति न्यूनीकरण गर्ने लक्ष्यसहित ट्राफिक सप्ताह सञ्चालन भइरहेको छ।

mediabaaji add

सम्बन्धित खबर

प्रहरीको गोलीबाट वडाध्यक्षको हत्या

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको हत्याको आरोपमा प्रहरी जवान शम्भु यादव पक्राउ परेका छन् । भोज खाने विषयमा विवाद हुँदा प्रहरी जवान यादवले वडाध्यक्ष यादवमाथि गोली प्रहार गर...

क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी, अच्युत दुलाल पक्राउ

काठमाण्डौा । क्यानडामा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै एक जनाबाट ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोकका ४२ वर्षीय अच्युत दुलाललाई पक्राउ गरेको छ । मण्डनदेउपुर नगरपालिका–६ घर भएका दुलाललाई वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी ज...

वैदेशिक रोजगारीमा कडाइ, सेवा शुल्क अब अनिवार्य बैंकिङमार्फत मात्रै

काठमाडौँ । वैदेशिक रोजगार विभाग ले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई सेवा शुल्क अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत भुक्तान गर्न आग्रह गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको विभागले ठगी नियन्त्रण, आर्थिक कारोबारम...

एआईजी पौडेललाई सशस्त्र प्रहरीको आईजीपी बनाउने सरकारको तयारी

काठमाडौँ । सरकारले एआईजी नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी बल एपीएफको महानिरीक्षक आईजीपी नियुक्त गर्ने तयारी गरेको छ । वर्तमान प्रमुख राजु अर्यालको चारवर्षे कार्यकाल वैशाख १८ गते सकिनुअघि नै नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाइएको हो ।

कालोपुलमा कोठा फोडेर सुन–नगद चोरी गर्ने गिरोह पर्दाफास, हतियारसहित दुई पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले डेरा कोठाबाट सुन, चाँदीका गरगहना, नगद तथा धारिलो हतियारसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–५ कालोपुल लामा गल्लीस्थित एक डेरा कोठाबाट करिब २६ तोला ८ आना बराबरका सुनका...

त्रिभुवन विमानस्थलमा सरसफाइ कर्मचारी पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइ गर्ने एक कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनगाभा सगरमाथा सर्भिस प्रालि कम्पनीमार्फत विमानस्थल सरसफाइमा खटिएका ४० वर्षीय डिकबहादुर राउत रहेका छन् ।

उनले विमानस्थलको डस्टबिनमा र...