बुधबार, ३१ असार २०८३
नेपाली

पत्नीलाई स्वकीय सहसचिव बनाएपछि प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवको आलोचना

Main News Image

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले आफ्नै श्रीमतीलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति दिएको भन्दै आलोचना भएको छ । उनले आफ्नी पत्नी संगीता श्रेष्ठलाई गत असोज २ गते प्रधानमन्त्रीको सचिवालयमा स्वकीय सहसचिव पदमा नियुक्त गरेका हुन् । त्यही दिन स्वकीय सहसचिव पदमै नियुक्त कमला श्रेष्ठ तथा प्रशासन सहायकद्वय पुनम श्रेष्ठ र रविना श्रेष्ठ पनि उनकै नातेदार भएको खुलेको छ ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शले प्रधानमन्त्रीको विश्वास र गोप्यताको संवेदनशीलतालाई ध्यान दिनुपर्ने भएकाले पत्नीलाई सचिवालयमा भित्र्याइएको दाबी गरेका छन् । नातेदार नियुक्तिको विषयमा आफ्नो नाम अनावश्यक रूपमा जोडिएको उनको जिकिर छ ।

mediabaaji add

सम्बन्धित खबर

राष्ट्रियसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाका बैठकले विभिन्न तीन अध्यादेशलाई स्वीकृत गरेको छ । सिंहदरबारमा सोमबार बसेको बैठकले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, निर्वाचन पहिलो संशोधन अध्यादेश र नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेशलाई सर्वस...

रास्वपाले सात जनालाई केन्द्रीय समितिमा मनोनयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अन्य दलबाट आएका रञ्जु दर्शना सहित सात जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ । आइतबार केन्द्रीय समिति बैठकले पार्टी समायोजन गर्दै समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुत...

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ः०० बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन्। यस्तै आजै द...

गगनले निर्वाचन आयोगमा बुझाए नयाँ कार्यसमिति गठनबारे विवरण

काठमाण्डौँ । विशेष महाधिवेशनबाट गठन भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिबारे सभापति गगन थापाले निर्वाचन आयोगमा विवरण बुझाएका छन् । 

बिहीबार निर्वाचन आयोग पुगेर थापाले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई अध्यावधि...

‘चुनावमा पैसाको चलखेलप्रति चनाखो बनौँ’ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले लोकतान्त्रिक निकासका लागि निर्वाचन एक मात्र विकल्प भएकाले समाजका सबै तह र तप्काबाट सहयोगको अपेक्षा गरेको बताएका छन् । चुनावमा पैसाको खेल हुन नदिन समुदायस्तरबाटै सबै चनाखो हुनुपर्ने उनको भनाइ छ ।

प्रधा...

रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरण सर्वोच्च अदालतमा सोमबार ‘हेर्दाहेर्दै’मा राखिएको छ । उनीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...