कालीकोटमा नेकपाका शाही विजयी
कर्णाली । कालीकोटमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही विजयी भएका छन् । प्रतिनिधिसभा सदस्य पदका लागि बिहीबार सम्पन्न निर्वाचनको परिणाम अनुसार शाहीले ११ हजार ३३८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नगेन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गरेका थिए। नेपाली काँग्रेसका हर्षबहादुर बमले सात हजार ९३३ मत प्राप्त गरेका थिए ।
नेपाल कम्युनिस्ट पार्टी ९माओवादी०का खड्गबहादुर विश्वकर्माले चार हजार ५९९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपानेले दुई हजार १३७ र नेपाल मजदुर किसान पार्टीका नन्दबहादुर शाहीले ५९७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय कालीकोटले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
घोषित मितिमा निर्वाचन सफल बनाउन राष्ट्रपति पौडेलको आह्वान
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी प्रतिनिधिसभा निर्वाचन सफल बनाउन सबै पक्षले आ(आफ्नो स्थानबाट भूमिका निभाउन आग्रह गरेका छन् । शुक्रबार पद्मकन्या बहुमुखी क्याम्पसको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले न...
मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन् । मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गर्दै प्रद...
हर्क साम्पाङले दल दर्ताको प्रक्रिया पूरा गरे
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले निर्वाचन आयोग पुगेर दल दर्ताको प्रक्रिया पूरा गरेका छन् । आइतबार आयोग पुगेर साम्पाङले दल दर्ताका लागि भौतिक रुपमा सनाखत प्रक्रिया पूरा गरेका हुन् । उलले गत असोजम...
महाधिवेशनसम्बन्धी सहमति हुन नसक्दा कांग्रेस बैठक स्थगित
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक स्थगित भएको छ । कार्यसमितिको अर्को बैठक यही कात्तिक १८ गते मङ्गलबार दिउँसो १ बजेका लागि तोकिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा के...
भक्तपुर–१ बाट रुकेश रन्जित विजयी, प्रेम सुवाल पराजित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका रुकेश रन्जित भक्तपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार उनले ३३,४३६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टी नेक...
झापाका ५ वटै क्षेत्रमा श्रम संस्कृति पार्टीको उम्मेदवार छनौट
काठमाण्डौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीले आगामी निर्वाचनका लागि झापा जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको नाम तय गरेको छ । ‘श्रमको सम्मान र स्वावलम्बी राजनीति’ को नारालाई प्रा...


