शनिबार, ०२ साउन २०८३
नेपाली

आपूर्ति सहज नभएसम्म निगमले ग्यास वितरण गर्ने

Main News Image

काठमाडौँ । नेपाल आयल निगमले बजारमा ग्यासको आपूर्ति सहज नहुन्जेल काठमाडौँको टेकु कार्यालयबाट ग्यास वितरण नियमित गर्ने भएको छ । बजारमा ग्यासको अभाव भएपछि निगमले गत बुधबारदेखि टेकु कार्यालयबाट डिपो सञ्चालन गरी विभिन्न ब्रान्डका ग्यास वितरण गर्दै आएको छ ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले ग्यासको सहज नहुन्जेलसम्म वितरण गरिने जानकारी दिए । आयात नियमित भइरहेकाले पनि अभाव कम हुँदै गएको उनले जानकारी दिए। निगमले एभरेस्ट, सुगम, नेपाल र साईबाबा ग्यास वितरण गरिरहेको छ ।

उपभोक्ताले कार्यालय समयमा टेकुस्थित डिपोबाट यी चार वटै ब्रान्डका खाली सिलिन्डर साटेर भरिएका ग्यास लिइरहेका छन् । निगमका अनुसार टेकु डिपो सञ्चालन भएयता हालसम्म सुगम र एभरेस्टका ७२० र नेपाल ग्यासका ६७६ सिलिन्डर बिक्री भएका छन् ।

mediabaaji add

सम्बन्धित खबर

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घटयो

काठमाडौँ । बिहीबार  सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक १९.६७ अंकले घटेर २६०१.९२ विन्दुमा अडिएको छ । नेप्से परिसूचक घट्दा कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ । अघिल्लो कारोबार दिन बुधबार सेयर बजारमा ३०.०९ अंकले...

बजारमा ३ देखि ४ सय रुपैयाँसम्म चामलको भाउ बढ्यो !

काठमाडौँ । नेपाली बजारमा चामल महँगिएको छ । उद्योगदेखि खुद्रा बजारसम्म चामलको मूल्य बढेको छ । दुई महिना अवधिमा मात्रै २५ किलो बोराको चामल ३ देखि ४ सय रुपैयाँसम्म बढेको व्यवसायीले बताएका छन् ।

उद्योगी तथा व्यवसायीका अनुसार भारतले चामल निर्यात...

सुनको मूल्यमा गिरावट, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको छ ।

मुग्लिन-मलेखु सडक स्तरोन्नतिको काम सुरू

काठमाडौँ ।वर्षासँगै चाडपर्वका कारण सामान्य काम मात्रै भएको मुग्लिन–मलेखु सडकको स्तरोन्नतीको कामले तिव्रता पाउन थालेको छ । असारपछि सडक स्तरोन्नतिको काम सुस्त भएको थियो । पानी पर्न छाडेर चाडपर्वसमेत सकिएपछि कामलाई तिव्रता दिन थालिएको हो । नागढ...

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । यस्तै युरोपियन...

सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ । सुन तोलामा तीन हजार ५०० र त्यति नै परिमाणको चाँदीको मोलसय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५६...