गुणस्तरहीन खाद्य सामग्री प्रयोग गरेको भन्दै न्यूरोडको ‘कर्नर पोइन्ट’ लाई दुई लाख जरिवाना
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर कायम नगरेको भन्दै काठमाडौं महानगरपालिका(२२, न्यूरोडस्थित ुकर्नर पोइन्ट रेस्टुरेन्ट एन्ड बार प्रालिु लाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।
विभागले गरेको स्थलगत अनुगमनका क्रममा उक्त रेस्टुरेन्टले स्वास्थ्यका दृष्टिले गम्भीर लापरबाही गरेको पाइएको हो । वरिष्ठ खाद्य अनुसन्धान अधिकृत बालकुमारी शर्माका अनुसार, अनुगमनका क्रममा रेस्टुरेन्टमा सरसफाइको अवस्था सामान्य पाइए पनि म्याद नाघेको फ्रुट सिरपको प्रयोग भइरहेको भेटिएको थियो ।
त्यस्तै, पिज्जा बनान प्रयोग गरिने तेलमा साङ्ला भेटिनु र फ्रिजमा राखिएका खाद्य सामग्रीको भण्डारण व्यवस्थापन अत्यन्त अव्यवस्थित हुनुले रेस्टुरेन्टको स्वच्छतामाथि प्रश्न उठाएको छ । अनुगमन टोलीले गरेको परीक्षणमा तेलको टीपीएम २२.० पाइएको थियो, जुन गुणस्तरहीन मानिन्छ।
एक्सप्रेस
सम्बन्धित खबर
प्रधानमन्त्रीको राजीनामा माग गर्दै निकोलस भुसाल आमरण अनसनमा
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै डा निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । भुसालले मंगलबार ८ पुस राति १० बजेदेखि माइतीघरमा आमरण अनसन सुरु गरेका हुन् । जेनजी अगुवा मिराज ढुंगानाको समूहले प्रधानमन्त्रीको राजीनामा माग गर...
पश्चिमी वायुको प्रभाव कायमै : कस्तो रहला सोमबार देशभरको मौसम
काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार देशका पहाडी भूभागमा आशिंक बदली रहनेछ । यसैगरी...
इरानमा पक्राउ परेका नेपाली अमृत झा सकुशल
काठमाडौँ । परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा सकुशल रहेको जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले झालाई हाल इरानको कारागारमा राखेर मुद्दा चलिरहेको जानकारी दिए । उनका अनुसा...
नयाँ वर्षको दिन मात्र फुल्ने फूल हेर्न भक्तजनको चहलपहल
सिरहा । नयाँ वर्षको अवसर पारेर प्रत्येक वर्ष वैशाख १ गते आयोजना हुने लहानस्थित ऐतिहासिक तथा धार्मिक स्थल सलहेश फूलबारी मेलामा भारतीय श्रद्धालुहरूको आगमन सुरु भएको छ । मेला सुरु हुनुभन्दा दुई दिनअगावै भक्तजनहरूको चहलपहल बढ्न थालेको हो ।
लहान...
नवलपुरघाट दुर्घटना : सुनकोशीमा कारसँगै बेपत्ता चारै जनाको पहिचान खुल्यो
रामेछाप । सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीमा खसेको कारमा सवार यात्रुहरुको पहिचान खुलेको छ । सिन्धुली प्रहरीका अनुसार आज बिहान करिब ११ः४५ बजे काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा प्र ०८-००१...
म्याग्दीमा सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा क्षति : एक बेपत्ता, एक घाइते
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा आज बिहान सुक्खा पहिरो खस्दा एक जना कामदार बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका...



