असोज मसान्तसम्म १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति
काठमाडौँ । विद्युत् विकास विभागले चालु आवको पहिलो त्रैमासमा कूल १० वटा जलविद्युत् आयोजनालाई निर्माण अनुमति प्रदान गरेको छ। ती आयोजनाको कूल क्षमता दुई सय ४१ दशमलव ५० मेगावाट बराबर रहेको छ । विभागले हालसम्म दुई सय ६६ आयोजनालाई निर्माण अनुमतिपत्र प्रदान गरेको छ। ती आयोजनाको कूल क्षमता १० हजार आठ सय २५ मेगावाट रहेको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ।
विभागले चालु आवको असोज मसान्तसम्ममा लापा खोला चार दशमलव ७२ मेगावाट, लोअर बरुण एक सय ३२ मेगावाट, म्याग्दी खोला बी १२ दशमलव ५० मेगावाट, तल्लो लिखु क्यासकेड ६ मेगावाटलाई निर्माण अनुमति पत्र प्रदान गरेको हो ।
विभागले हालसम्म कूल एक सय ८५ आयोजनालाई सर्वेक्षणको अनुमति दिएको छ। यस्तै विभागका कूल ५९ वटा परियोजनाले निर्माण अनुमतिपत्रका लागि आवेदन दिएका छन्। ती आयोजनाको कूल क्षमता १० हजार पाँच सय ३२ मेगावाट बराबर छ।
एक्सप्रेस
सम्बन्धित खबर
साल्ट ट्रेडिङ कर्पोरेशनले १० प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशनले १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमा कम्पनीले हाल कायम चुक्ता पूँजीको ९...
बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार स्थिर रहेको सुनको मूल्य आज तोलामा ६०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता,...
दिनदिनै बन्दै सुनको मूल्यमा नयाँ रेकर्ड, बिहिबार प्रतितोला कति ?
मिडियाबाजी डटकम काठमाडौँ, असोज ३०। नेपाली बजारमा आज सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । सुन तोलामा २ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च बनेको हो ।
नेपाल सु...
सामान्य अंक बढेर बन्द भयो नेप्से, ३ अर्ब ४९ करोडको कारोबार
काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १.१३ अंकले बढेर २५४५.७३ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२९ कम्पनीको ७६ लाख ५ हजार ५८४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४९ करोडको सेयर कारोबार भएको छ । आज...
बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज एकैदिन तोलामा तीन हजार ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको हो । यता, चाँदीको मूल्य पनि तोला...
शुक्रबार विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रूपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रूपैयाँ १७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...



