शनिबार, ०५ वैशाख २०८३
नेपाली

म्याग्दीको राहुघाटमा ८४ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजना निर्माण सम्पन्न

Main News Image

काठमाडौँ । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी पावर कम्पनीले एकैसाथ दुई वटा जलविद्युत् आयोजना निर्माण गरेको छ । घुगङ्गा गाउँपालिका–४, ७ र ८ नम्बर वडाको भूगोलमा निर्माण भएका ८४ मेगावाट क्षमताको दुईवटै आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा जोडिएको छ ।

‘रन अफ द रिभर’ प्रकृतिका आयोजनाको परीक्षण सकिएपछि व्यावसायिक उत्पादन थालिएको तुँदी पावरका कम्पनीका व्यवस्थापक पुष्प डाँगीले जानकारी दिए । ‘तुँदी पावरले प्रवर्द्धन गरेको ३५ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–राहुघाट–मङ्गले र त्यसको ‘क्यासकेड’का रूपमा ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना सञ्चालनमा आइसकेका छन्’, उनले भने, ‘चिमखोला–राहुघाट–मङ्गलेले गत साउन २० गतेदेखि व्यापारिक उत्पादन शुरू गरेको हो भने अपर राहुघाट व्यापारिक उत्पादनको चरणमा छ ।’

चार वर्षको अवधिमा निर्माण भएका आयोजना पानीको उपलब्ध स्रोतअनुसार पूर्ण क्षमतामा सञ्चालन गर्नसक्ने अवस्था रहेको व्यवस्थापक डाँगीले बताए । उनका अनुसार दुईवटै आयोजनाको अनुमानित लागत १३ अर्ब हो । यी आयोजनाबाट उत्पादन भएको विद्युत् रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको ‘स्विचयार्ड’बाट अस्थायी रूपमा राष्ट्रिय प्रणालीमा जोडिएको आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले बताए । उनका अनुसार चिमखोलाबाट राहुघाटसम्म ३९ वटा टावर निर्माण भएका छन् ।

चिमखोला–राहुघाट–मङ्गलेको रघुगङ्गा गाउँपालिका–८ बन्दीमा बाँध र नजिकै ११० मिटर लामो, आठ मिटर अग्लो र ३० मिटर चौडाई भएको पानी थिग्रयाउने पोखरी निर्माण भएको छ । बाँधबाट पाँच किलोमिटर ३०० मिटर लामो सुरुङबाट ल्याइएको पानी रघुगङ्गा–७ चिमखोलाको बगरस्थित विद्युतगृहमा खसाल्न ९५० मिटर पेनस्टक पाइपलाइन जडान भएको छ । विद्युत्‌बाट सुरुङको आउटलेटको उचाइ ३६० मिटर रहेको इञ्जिनियर तिमिल्सिनाले जानकारी दिए ।

चिमखोला–मङ्गले–राहुघाटको विद्युत्‌बाट निस्कने र चिमखोलाको बगरखोलाको पानी प्रयोग गरेर अपर राहुघाटबाट विद्युत् उत्पादन गरिएको हो । रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा विद्युत्‌गृह रहेको अपर राहुघाटको सुरुङ चार हजार ९०० मिटर लामो छ । आउटलेटबाट विद्युत्‌गृहसम्म ६८० मिटर लामो पेनस्टक पाइपलाइन जडान भएको छ ।

‘दुईवटै आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदार एभरेष्ट हाइड्रो हो भने हाइड्रोमेकानिकल ठेकेदार माछापुच्छ्रे मेटल एण्ड मेसिनरी हो । यी आयोजनाको सिभिल ठेकेदार रामेछाप शेर्पा कन्स्ट्रक्सन हो । साउथ एशियन इन्फ्रास्ट्रक्चरले सुरुङ बनाएको हो’, इञ्जिनियर तिमिल्सिनाले भने ।

राहुघाटको सहायक ठूलोखोलामा संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले गत भदौदेखि व्यावसायिक उत्पादन थालेको थियो । बन्दीस्थित ठूलोखोलाको विद्युत्‌बाट चिमखोलास्थित चिमखोला–राहुघाट–मङ्गलेको विद्युत्‌गृहसम्म आठ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन ठूलोखोला र २२ दशमलव पाँच मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले साझेदारी गरेर बनाएका छन् ।

 

mediabaaji add

सम्बन्धित खबर

बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोलामा दुई लाख ७७ हजार २०० रुपैयाँ कायम भएको छ ।

यता, बिहीबार तोलामा पाँच हजार ४८५ रुपैयाँ...

लगातार घट्दै आएको अस्ट्रेलियन डलर, युरो र पाउन्डको विनिमयदर आज कति ?

काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसतो विदेशी मुद्राको विनिमयदर स्थिर छ । हिजो जुन मूल्यमा कारोबार भएको थिय...

जेनजी आन्दोलनका क्रममा महानगरमा मात्रै १ अर्ब बराबरको क्षति

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगर महानगरपालिकाको भौतिक संरचना र अन्य सामानसहित झण्डै १ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । मेयर नागेश कोइरालाका अनुसार भौतिक संरचनातर्फ २३ करोड ३७ लाख ५८ हजार २३४ रुपैयाँ बराबरक...

सुनको मूल्यमा भारी गिरावट, प्रतितोला कति ?

काठमाडौँ । सोमबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुनको मूल्य प्रत...

कार्तिकदेखि भारतबाट विद्युत् आपूर्ति सुनिश्चित गर्ने तयारी

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आगामी कार्तिकदेखि भारतबाट विद्युत् आपूर्ति सुनिश्चित गर्ने तयारी पूरा गरेको जनाएको छ । प्राधिकरणका अनुसार, धेरै आयोजना रन अफ द रिभर प्रकारका छन् र नदीको प्रवाही निर्भरता तथा डिस्चार...

नेप्सेमा ४.५९ अंकको वृद्धि, कारोबार ४ अर्ब ९० करोड

काठमाडौँ । साताको पाँचौ अर्थात् अन्तिम कारोबार दिन नेप्से परिसूचक ४.५९ अंकले बढेर २६४०.५४ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२८ कम्पनीको १ करोड ४ लाख ३१ हजार ७६० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९० करोड ८० लाखको सेयर कारोबार भएको छ ।

आज...