शनिबार, ०२ साउन २०८३
नेपाली

भरतपुरमा ८८ किलोमिटरभन्दा लामो चक्रपथ निर्माण, मेयर–उपमेयरले गरे उद्घाटन

Main News Image

काठमाण्डौँ । देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका विभिन्न वडाहरू जोड्ने नेसनल हाइवे एनएच–७७ आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । महानगर प्रमुख रेणु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर–९ स्थित गोन्द्राङको जिरो किलोमिटरबाट चक्रपथको उद्घाटन गरे ।

स्थानीय सरकार गठनपछि गौरवको आयोजनाका रूपमा अघि बढाइएको ८८ दशमलव छ किलोमिटर लामो चक्रपथ निर्माणकार्य सात वर्षअघि सुरु गरिएको थियो । विभिन्न चरणमा सम्पन्न हुँदै आएको उक्त सडकको अधिकांश खण्डमा काम सम्पन्न भइसकेको छ । केही स्थानमा कालोपत्र तथा अलाइनमेन्ट मिलाउने काम बाँकी रहे पनि अन्य खण्डमा सडक निर्माण पूरा भएको जनाइएको छ ।


mediabaaji add

सम्बन्धित खबर

यस याममा ३०० विदेशी पर्यटकद्वारा कञ्चनजंघा हिमाल क्षेत्र भ्रमण

ताप्लेजुङ । पछिल्लो समय ताप्लेजुङ स्थित हिमाल पिक आरोहण गर्न सुरुआत भएको छ । फ्रान्सेली दुई नागरिकले गत असोज महिनाको दोस्रो साता ६ हजार ८०८ मिटर उचाइको ‘ह्वाइट वेभ पिक’ पहिलो पटक सफल आरोहण गरेका थिए । अन्नर्पूण फुटहिल्स ट्रेक्स एण्ड एक...

धार्मिक र सांस्कृतिक महत्वका साथ आज देशभर साउने संक्रान्ति मनाइँदै : आजैदेखि दक्षिणायन सुरु

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्षको साउन १ गते मनाइने रैथाने पर्व साउने अर्थात् कर्कट सङ्क्रान्ति आज देशभर स्नान, दान तथा पूजा–आराधना गरी परम्परागत रूपमा मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन भएकाले य...

आज विश्व सहरीकरण दिवस मनाइँदै

काठमाडौँ । आज विश्वका विभिन्न मुलुकमा विश्व सहरीकरण दिवस मनाइँदै छ । हरेक वर्षको अक्टोबर ३१ को दिन विश्वभरि सहरीकरण दिवस मनाइन्छ। सन् २०१४ देखि यो दिवस मनाउन सुरु गरिएको हो। सहरको दिगो विकास र सहकार्यको सन्देश प्रवाह ग...

बीपी उद्यान क्षेत्रमा चल्यो डोजर !

पर्सा । पर्साको वीरगञ्जस्थित बीपी उद्यान क्षेत्रमा रहेको अस्थायी संरचनाहरूमा महानगरपालिकाले डोजर चलाएको छ । वीरगञ्ज महानगरपालिकाले आइतबार बिहानै वीरगञ्जको घण्टाघर नजिक रहेको सो क्षेत्रमा डोजर प्रयोग गरी खाली गराउने कार...

पासपोर्टमा ‘काम गर्न निषेध’ लेख्ने दुई कर्मचारी हटाइए

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका दुई अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ । अध्यागमन विभाग का अनुसार उनीहरूले कानुनविपरीत पासपोर्टमा ‘काम गर्न निषेध’ लेख्ने गैरकानुनी अभ्यास गरेका थिए ।

यूएई जान लागेका नेपालीको...

किरात समुदायको प्रकृति पूजक ‘उभौली’ पर्व आज : देशभर साकेला र चण्डी नाचको रौनक

काठमाडौँ । प्रकृति र पितृको पूजा गर्ने किरात राई समुदायको महान् सांस्कृतिक पर्व ‘उभौली’ आज देशभर उत्साहका साथ मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वलाई किरात समुदायले नयाँ खेतीपातीको सुरुवात र प्रकृतिको आराधना गर्ने वि...