शनिबार, ०२ साउन २०८३
नेपाली

काठमाडौँमा लगातार चिसो बढ्दो, न्यूनतम तापक्रम थप घट्यो !

Main News Image

काठमाण्डौँ । काठमाडौँ उपत्यकामा लगातार न्यूनतम तापक्रम घटेको छ भने चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस देखिएको हो । अझ यो सुरुवाती मापन मात्र हो। आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुनस् मापन गरिन्छ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अरू घट्ने सम्भावना हुन्छ ।

सोमबार काठमाडौँको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियसमा थियो भने आइतबार ४ डिग्री सेल्सियस थियो । सोमबार काठमाडौँमाको अधिकतम तापक्रम भने १५.३ डिग्री सेल्सियस थियो भने आइतबार १५.७ डिग्री सेल्सियस थियो । मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ ।

न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो ।


mediabaaji add

सम्बन्धित खबर

अन्नपूर्ण आधार शिविरमा पदयात्रा रोकियो : पर्यटकलाई नारच्याङ र भुरुङ तातोपानीमा ल्याइयो

म्याग्दी । हल्का वर्षासहित हिमपात भएपछि म्याग्दी र मुस्ताङका पर्यटकीयस्थलका भ्रमणमा गएका पर्यटक समस्यामा परेका छन् । गए रातिदेखि ती जिल्लाका पहाडी क्षेत्रमा हल्का वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएको छ । हिमपातका कार...

नयाँ शैक्षिक सत्र सुरु हुनअघि भर्ना र मनपरि शुल्क असुल्नेलाई कारबाहीः शिक्षा मन्त्रालय

काठमाडौँ । सरकारले शैक्षिक सत्र सुरु हुनअघि विद्यार्थी भर्ना गरी अनियमित शुल्क असुल गर्ने विद्यालयविरुद्ध कडा कदम उठाउने चेतावनी दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्या...

११ महिनामा ६ हजार विपद्का घटना, ४६४ जनाको मृत्यु

काठमाण्डौँ । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ११ महिनामा विपद्मा परेर ४ सय ६४ जनाको ज्यान गएको छ । विपद्का कारण ३८ जना बेपत्ता हुँदा एक हजार...

१८ सय मिटर सडक आठ वर्षदेखि अलपत्र

बाँके । बाँकेको खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर चारलेन सडक विगत आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । विक्रम संवत २०७४ चैत २९ गते गजुरमुखी कन्स्ट्रक्सन कम्पनी प्रालि इलामसँग बाँकेको खजुरा बजारमा एक हजार ८०० म...

निर्वाचन आयोगले न्यायाधीशहरूको नियुक्ति रोकिदियो

काठमाडौँ । न्यायपरिषदले ज्येष्ठताका आधारमा न्यायाधीश नियुक्त गर्नको लागि सहमति दिन निर्वाचन आयोगलाई पत्राचार गरेकोमा आयोगले परिषदको आग्रह अस्वीकार गरेको छ । आयोगले निर्वाचन आचारसंहिता लागू भएको भन्दै न्यायाधीशहरू नियुक्ति नगर्न न्याय परिषद्लाई पत्...

सहरी संस्कृति भित्रिएपछि हराउन थाल्यो गाउँको मौलिकता

बागलुङ । सडकले नजोडिएका बागलुङका ग्रामीण क्षेत्र कमै छन् । केही गाउँ जोडिने क्रममा छन् । सडकले जोडिएपछि ग्रामीण क्षेत्रमा विस्तारै विकास पनि हुँदैछ, तर मौलिकता भने टुट्दैछन् । पूर्व पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको झु...