जनताको अधिकारको रक्षाका लागि कांग्रेस बृहत एकतासहित अघि बढ्छः पूर्णबहादुर खड्का
काठमाडौँ । नेपाली काङ्ग्रेसका कार्यवहाक सभापति पूर्ण बहादुर खड्काले नेपाली काङ्ग्रेस संविधान, परिवर्तन र जनताको अधिकारको रक्षाको लागि बृहत एकतासहित अगाडि बढ्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपाल तरुण दलको ७३ औं स्थापना दिवसको शुभकामना आदानप्रसाद कार्यक्रममा बोल्दै उनले विगतको इतिहासको कालखण्ड जस्तै जनताले फेरि नेपाली काङ्ग्रेसबाट अपेक्षा र आशा गरेको भन्दै कमि कमजोरीहरुलाई स्वीकार गर्दै संविधान र जनताको अधिकारको रक्षाको लागि बृहत एकतासहित अगाडि बढ्ने बताए।
उनले भने, ‘विगतको इतिहासको कालखण्ड जस्तै फेरि नेपाली काङ्ग्रेसबाट अपेक्षा र आशा गरेको छ। त्यसकारण हाम्रा विगतमा भएका कमि कमजोरीहरुलाई स्वीकार गर्दै नेपाली काङ्ग्रेस संविधानको रक्षा, परिवर्तनको रक्षा र जनताको अधिकारको रक्षाको लागि बृहत एकतासहित हामी अगाडि बढ्छौं।’
यस्तै, उनले तरुण दलको झण्डा बोकेर लोकतन्त्र र जनताको अधिकारको रक्षाको लागि एकपटक फेरि संगठित र एकताबद्ध हुनुपर्ने भन्दै नेपाली काङ्ग्रेस एउटा नयाँ संकल्प, उत्साहा र उर्जासहित अगाडि बढ्नको लागि तयार रहेको बताए।
एक्सप्रेस
सम्बन्धित खबर
राष्ट्रियसभा निर्वाचनमा २ हजार ४३ मतदाता, १३ जनाले मत हाल्न नपाउने
काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले अन्तिम मतदाता नामावली टुङ्ग्याएको छ । फागुन २० गतेबाट ६ वर्षे कार्यकाल पूरा गरी बिदा हुन लागेका १९ सदस्यको रिक्त पदका लागि निर्वाचन हुन लागेको हो । आयोगका अनुसार सातै प्...
चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली आज नेपाल आउँदै
काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत अन्तर्राष्ट्रिय विभागकी नेपाल मामिला प्रमुख झेङ युहा ९सरला० नेतृत्वको टोली आज काठमाडौं आउँदैछ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, जटिल हुँदै गइरहेको भूराजनीति, नेपालको अस्थिर राजनीति र अनिश्चिताबीच...
प्रवासीको मतदान रोक्ने दलको नाम सार्वजनिक गर्न सुमना श्रेष्ठको आग्रह
काठमाडौँ । पूर्वप्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले समय अभाव र दलीय सहमति जुटाउन नसकिने भनाइलाई बहाना बनाउँदै विदेशमा रहेका नेपालीलाई मतदान अधिकारबाट वञ्चित गर्न खोजिएको भन्दै कडा आपत्ति जनाएकी छन् । निर्वाचन आयोगका कार...
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी समानुपातिक उम्मेदवार
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी समानुपातिक उम्मेदवार बनेका छन् । यसअघि बागलुङ जिल्लाको क्षेत्र नं २ बाट प्रत्यक्ष चुनाव जितेका केसी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवार बनेका हुन् । जन...
सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता
काठमाडौँ । सभामुख डोलप्रसाद डीपी अर्यालले पूर्व सभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् । सोमबार सभामुख अर्यालले उनीहरूसँग भेटवार्ता गरेका हुन् । भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवको आदान-प्रदान, संघीय संसद्को प...
भक्तपुर–२ बाट एमाले सचिव महेश बस्नेत एकल सिफारिस
काठमाडौँ । नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया तीव्र बनाएको छ। सोही क्रममा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले सचिव महेश बस्नेतको नाम एकल रूपमा सिफारिस गरिएको छ ।
बस्नेत २०७४ सालमा...


