शनिबार, ०२ साउन २०८३
नेपाली

१५ औं महाधिवेशनको मितिसम्बन्धी कांग्रेस अझै अनिर्णित

Main News Image

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औं महाधिवेशनको मितिमा बहस जारी छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा महाधिवेशनको कार्य तालिकाको सन्दर्भमा सदस्यहरुले आफ्नो राय राखेको कांग्रेस नेता मोहन बहादुर बस्नेतले जानकारी दिए । बैठकमा जेनजी आन्दोलनपछिको परिस्थीति, निर्वाचनको विषयका साथै नियमित वा विशेष महाधिवेशन भन्ने विषयमा छलफल भएको उनले बताए ।

उनले कांग्रेस लोकतान्त्रिक दल भएकाले सबै विषयमा सदस्यहरुले खुलस्त रुपमा चासो राखेको भन्दै देशको प्राथमिकताका आधारमा पार्टीले एकमत भएर निर्णय गर्ने जानकारी दिए । असोज २८ गतेदेखि सुरु भएको बैठकमा पार्टीको १५ औँ महाधिवेशन सम्बन्धी विषयमा निरन्तर छलफल भइरहेको छ ।

 

mediabaaji add

सम्बन्धित खबर

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

काठमाडौँ । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिइएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको छ। आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा हुनुअघि १० र घोषणापछि पाँच वटाले दल...

करिब एक महिनामा थपिए ९३ हजार ३ सय ५१ नयाँ मतदाता

काठमाडौँ । कानून संशोधन गरेर सूचीकृत हुन समय तोकिएपछिको करिब एक महिनामा ९३ हजार ३ सय ५१ नयाँ मतदाता थपिएका छन् ।

आयोगले अनलाइनबाटै व्यक्तिगत विवरण भर्ने र त्यसअनुसार नजिकको निर्वाचन कार्यालयमा गएर फोटो खिचाउने...

एमाले उपाध्यक्ष पदका लागि बिन्दा पाण्डे मैदानमा, प्रस्तावकमा अष्टलक्ष्मी

काठमाडौँ । नेकपा एमालेकी नेतृ बिन्दा पाण्डेले पार्टीको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् । नेतृ अष्टलक्ष्मी शाक्यको प्रस्तावमा पाण्डेले उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन् । पार्टीको जारी ११औँ महाधिवेशनम...

जेनजी पुस्ताले इतिहासबाट सिक्नुपर्छ, आफैँबाट इतिहास सुरु भयो भन्नु गलत : स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले जेनजी पुस्ताले इतिहासबाट ज्ञान लिएर अगाडि बढ्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले इतिहासबाट केही सिकेनौ भने इतिहास नै दोह...

९ दल मिलेर बन्ने पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ : चुनाव चिह्न तारा

काठमाडौँ ।  नेकपा माओवाद केन्द्र र नेकपा एकीकृत समाजवादीसहित ९ दलबीच एकतापछि बन्ने एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने भएको छ । प्रज्ञा भवनमा बसेको महाधिवेशन आयोजक समितिको बैठकमा संयोजक पुष्पकमल दाहा...

कुलमानविरुद्ध हितेन्द्रको रिटमा सुनुवाई आज

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका छन् । उनले सोमबार आफूलाई प्राधिकरणकै कार्यकारी निर्देशकमा फर्काउन माग गर्दै सर्वोच्च अदाल...