बिहिबार, ३२ असार २०८३
नेपाली

कांग्रेस बैठकः महाधिवेशनको मितिका विषयमा नेताहरुको अडान कायमै

Main News Image

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले पार्टी महाधिवेशनको मितिमा विषयमा आ(आफ्नो अडान कायमै राखेका छन् । बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा संस्थापन पक्ष नेताहरुले प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् भने संस्थापनइतरसमूहका नेताहरुले निर्वाचन अघि नै महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् ।

केहि केन्द्रीय सदस्यहरुले भने विशेष महाधिवेशनमा गएर पार्टीलाई एकढिक्का बनाउनुपर्ने धारणा राखेका छन्। महाधिवेशन विवादका कारण कांग्रेस बैठक लम्बिएको छ । अझै तीन दिन केन्द्रीय कार्यसमिति चल्ने र महाधिवेशनका बिषयमा एउटै प्रस्ताव पारित गर्ने गरि सहमतिको प्रयास भइरहेको पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए। यसअघि मंगलबार महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री महेन्द्र यादवले अलग–अलग कार्यतालिका प्रस्तुत गरेका थिए ।

बुधबार सहमहामन्त्री फरमूल्लाह मन्सुर, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, पद्मनारायण चौधरी, जीवनबहादुर शाही, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी लगाएतले धारणा राखेका थिए । बैठक बिहीबार बिहान ११ः३० बजे पुनः बस्ने प्रवक्ता महतले बताए ।

 

mediabaaji add

सम्बन्धित खबर

एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २७-२९ मा बस्ने

काठमाडौँ । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २७ देखि २९ गतेसम्म बस्ने भएको छ । काठमाडौँमा भएको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले बैठकको मिति प्रस्ताव गरेका हुन् । उनले केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २७, २८ र २९ मा काठ...

प्रधानमन्त्रीको विवादित बयान लगत्तै सुस्तामा एसएसबीको अवरोध

नवलपरासी । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिले राजनीतिक वृत्त तातिरहेका बेला सीमावर्ती क्षेत्र सुस्तामा त्यसको प्रत्यक्ष ‘साइड इफेक्ट’ देखिएको छ । प्रधानमन्त्रीको सम्बोधन लगत्तै नवलपरासीको सुस्तास्थित नेपाली...

देश विकास पार्टीको नेतृत्व गर्दै बालेन, लौरो चिन्हबाटै झापामा केपी ओलीसँग चुनाब लड्ने

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पार्टी बनाउने भएका छन् । उनले देश विकास पार्टीको पुनर्गठन गरेर पार्टीको नेतृत्व गर्ने र चुनाबमा जाने तयारी गरेका हुन् । केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर चुनाबमा जाने विषयमा रास्वपा...

कांग्रेस विवाद : सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । नेपाली कांग्रेसको विवादको सम्बन्धमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । गगन थापालाई कांग्रेस सभापतिमा मान्यता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । 

उम्मेदवारको गाडीमा फेला परेको बम डिस्पोज, उम्मेदवारसहित चार जना प्रहरी हिरासतमा

काठमाडौँ । विष्फोटक पदार्थ बमसहित फेला परेका पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरीविरुद्ध हातहतियार मुद्दा चल्ने भएको छ । उनी सवार गाडीमा गए राति फेला परेको बम भने नेपाली सेनाले डिस्पोज गरिसकेको जिल्ला प्रहरी, पर्साका डीएसपी हरि बस्नेतले बताएका छन...

वैकल्पिक कम्युनिस्ट शक्ति बनाउन छलफलमा जुटे विप्लव, घनश्याम र जनार्दन

काठमाडौँ । वामपन्थी दलहरूको एकता र विग्रह भइरहेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव नेकपा माओवादी केन्द्रका महासचिव जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालबीच छलफल भएको...