शुक्रबार, ०१ साउन २०८३
नेपाली

कांग्रेसले छोड्यो पुस्तान्तरणको बाटो, आगामी चुनाबको टिकट देउवाले नै बाँड्ने

Main News Image

काठमाडौँ । जेनजी विद्रोहपछि पुराना दलहरुमा पुस्तान्तरणको बहस चर्किंदा नेतृत्व हस्तान्तरणका लागि ‘लचिलो’ देखिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समय बित्दै जाँदा शक्ति हस्तान्तरण गर्न अनिच्छुक देखिएका छन् । विद्रोहका बेला प्रदर्शनकारीको भौतिक आक्रमण समेत झेलेका देउवाले माहोल तातेको तत्कालीन समयमा पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर आफूलाई ‘लचिलो’ देखाएका थिए । तर, विद्रोह गर्ने युवा पुस्ताहरु नै विभिन्न समूहमा विभाजित भएर कमजोर हुन थालेपछि देउवा पुनः शक्ति आफ्नै पकडमा राख्ने प्रयासमा जुटेका छन् ।

देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको भए पनि अझैसम्म पार्टीको वास्तविक सभापति देउवा नै हुन्। पार्टी विधानअनुसार देउवाले कार्यवाहकलाई जुनसुकै बेला जिम्मेवारीबाट हटाउन सक्छन्। अहिलेसम्म खड्काबाट कार्यवाहकको जिम्मेवारी फिर्ता नलिएको भए पनि देउवा पार्टीभित्र भने सभापतिकै शक्तिका साथ सक्रिय हुन थालेका छन्।

कांग्रेसभित्र निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने संस्थापनइतर पक्षको मागलाई मत्थर पार्दै आफ्नै नेतृत्वमा निर्वाचनमा जाने माहोल बनाउन देउवाले सक्रियता बढाएका छन्। यसका लागि उनले निर्वाचनअघि महाधिवेशनको प्रक्रिया मात्रै सुरु गर्ने शर्तमा महाधिवेशन पक्षधरलाई मनाउने प्रयास थालेका छन्।

mediabaaji add

सम्बन्धित खबर

प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरमा पूजापाठ

काठमाडौँ ।  प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित जानकी मन्दिरको दर्शन गरेकी छन् । निर्वाचन सम्पन्न भएपछि देशका बिभिन्न स्थानको भ्रमणमा निस्किएकी प्रधानमन्त्री कार्कीले शुक्रबार जानकी मन्दिरको दर्शनका साथै पूजा अर्चना गरेकी हुन् । ...

देउवालाई ‘सुवर्ण शमशेर पथ’ पछ्याउन शर्माको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी महाधिवेशनका लागि दुईवटा विकल्प रहेको बताएका छन् । जेनजी प्रदर्शनका क्रममा आगजनी गरिएका इलामका कांग्रेस कार्यालयहरूको अवलोकनपछि आयोजित कार्यक्रममा उनले...

आज देशभरबाट महाधिवेशन प्रतिनिधि छनोट गर्दै एमाले

काठमाडौँ । नेकपा एमालेले एघारौँ महाधिवेशनका लागि आज देशैभरि प्रतिनिधि छनोट गर्दै छ । विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदान गरेर प्रतिनिधि चयन गरिने एमाले केन्द्रीय कार्यालयले जनाएको छ । यसका लागि मंसिर ११ गते सबै निर्...

कुनै पनि केन्द्रमा मतदान रोकिएको छैन : निर्वाचन आयोग

काठमाडौँ । देशभरका सम्पूर्ण मतदान केन्द्रमा शान्तिपूर्ण, स्वतन्त्र र उल्लासमय वातावरणमा मतदान कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयुक्त डा। जानकीकुमारी तुलाधरले हालसम्म देशका कुनै पनि मतदान केन्द्रमा मतदान कार्य नरोकिएको र सबै स्...

उज्यालो नेपाल पार्टीमा देशभर समर्थन बढेको कुलमानको दाबी

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले छोटो समयमै देशभर जनताको माया, विश्वास र सद्भाव प्राप्त गरेको बताएका छन् । शनिबार रामेछापमा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले पार्टी स्थापन...

जाँचबुझ आयोगको समयावधि थप, तथ्याङ्क सङ्कलनको आदेश स्वीकृत

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगको समयावधि थप गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित उक...