देश विकासको नेतृत्व लिन कांग्रेस तयार छ : महामन्त्री पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस देशको विकासको नेतृत्व लिन तयार रहेको बताएका छन् । पौडेलले भने, ‘नेपाली कांग्रेससँग नागरिकका गुनासा छन् । अपेक्षा झन् धेरै छन् । नागरिकका गुनासा सम्बोधन गर्दै अब अपेक्षाअनुसारको समृद्धि दिने बाटोमा हामी छौँ ।’
आमनिर्वाचन २०८२ का लागि देश विकासको भिजन समेटिएको घोषणापत्र तयार भइरहेको र यसले नागरिकका चाहना सम्बोधन गर्दै देशको आगामी मार्गचित्र तय गर्ने उनले बताए । ‘नागरिकको अपेक्षाअनुसार देश बदल्ने यात्रामा प्रमुख १० प्राथमिकता तय गरेर हामी अघि बढ्दै छौँ। तपाईँ सबैको साथ अपेक्षा गरेका छौँ,’ उनले थपे ।
देशभर कांग्रेसका उम्मेदवारहरू चुनावी मैदानमा अघि बढिरहेका छन् । पौडेलले फेरिएको नीति र नेतृत्वले पार्टीमा नयाँ ऊर्जा दिएको बताए । काठमाडौँ(५ का सांसदका रूपमा उनले विगतमा इमानदार भएर क्षेत्र र राष्ट्रको विकास तथा नीति निर्माणमा काम गरेको स्मरण गर्दै, असल अभ्यासको निरन्तरता दिँदै अझ धेरै काम गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
रास्वपाबाट समानुपातिक उम्मेदवार हुन ३२५ जनाको आवेदन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट प्रतिनिधि सभाको समानुपातिक तर्फको उम्मेदवार हुनका लागि मंसिर मसान्तसम्म ३२५ जनाको आवेदन परेको छ । आवेदन प्राप्त हुने क्रम जारी रहेको रास्वपाले जनाएको छ । आवेदकहरूलाई सातै प्रदेशमा छलफलका गर्ने रास्व...
सर्वोच्च अदालत आगामी मंसिर १ देखि पूर्णरुपमा सञ्चालन हुने
काठमाडौँ । आगामी मंसिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी भएपछि सर्वोच्चले आशिंक रुपमा मात्रै सेवा प्रवाह गर्दै आएको छ । सर्वोच्च अदालतको बिहीबार बसेको पूर...
ह्यात होटलको सेवा बन्द भएको सूचनाप्रति प्रधानमन्त्री कार्कीको चासो
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनाका सम्बन्धमा चासो व्यक्त गरेकी छन्। प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले आजै ह्यात रिजे...
शान्तिपूर्ण निर्वाचनको प्रत्याभूति गराउन सक्नुपर्छ : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि वातावरण सुनिश्चित गर्न सुरक्षा निकायहरूलाई सक्रिय र दृढ रूपमा प्रस्तुत हुनुपर्ने बताएका छन् । शनिबार राष्ट्रपति भवन शीतल निवासमा आयोज...
२० वटा ऐन संशोधनको तयारी, कानुन मन्त्रालयद्वारा सर्वसाधारणसँग राय र सुझावको आह्वान
काठमाडौ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा विधायन ऐन, २०८१’ मा सर्वसाधारणसमक्ष राय, सुझाव माग गरेको छ .
मन्त्रालयले देशमा प्रचलित विभिन्न २० वटा महत्त्वपूर्ण ऐनहरूको संशोधन प्रस्...
कांग्रेस केन्द्रीय समिति बैठक : एकता कायम गर्दै निर्वाचनमा केन्द्रित हुन अपिल
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीभित्र एकता र सद्भाव कायम राख्दै आगामी दिनमा अघि बढ्ने निर्णय गरेको छ । शनिबार काठमाडौँमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीभित्रको एकता, आपसी सद्भाव र सहकार्यबाटै निर्वाचनलगायतका चुनौती सामना गर्...


