शुक्रबार, ०१ साउन २०८३
नेपाली

पुराना अनुहारले कांग्रेस संकटमा, नयाँ नेतृत्व अपरिहार्य : उमेश श्रेष्ठ

Main News Image

  1. विराटनगर । नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले कांग्रेसभित्र अब पूरानो शैली र अनुहारभन्दा नयाँ, पढेलेखेका, उद्यमशील र विषयविज्ञ युवालाई नेतृत्वमा ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन् । नेपाल न्यूज बैंकसँगको विशेष संवादमा उनले देशको वर्तमान राजनीतिक, आर्थिक र सामाजिक अवस्थाबारे स्पष्ट धारणा राखे। उनले पछिल्लो समय देखिएको जेन–जी आन्दोलनलाई युवाहरूको निराशा र परिवर्तनको चाहनासँग जोड्दै यसको मूल कारण रोजगारीको अभाव र नीतिगत कमजोरी भएको बताए ।
  2. श्रेष्ठका अनुसार देशको समग्र रूपान्तरणको आधार शिक्षा हो  हालको शिक्षा प्रणाली रोजगारमुखी नभएकाले युवाहरू विदेशिन बाध्य भएका छन्। त्यसैले विद्यालय तहदेखि नै सीपमूलक र व्यवहारिक शिक्षा आवश्यक रहेको उनको जोड छ । सरकारले व्यवसाय गर्ने होइन, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति बनाउनुपर्ने भन्दै उनले उद्योगी(व्यवसायीलाई हेर्ने नकारात्मक दृष्टिकोण बदल्नुपर्ने बताए।
  3. उनले पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा र सहकार्य दुवै जरुरी भएको उल्लेख गर्दै उनले गुट(उपगुटभन्दा माथि उठेर निर्णय लिनुपर्ने बताए।

mediabaaji add

सम्बन्धित खबर

२६ क्षेत्रमा गणना जारी, अधिकांसमा रास्वपाको अग्रता

काठमाडौँ । देशभरका निर्वाचन क्षेत्रमा सुरु भएको मतगणनामा प्रारम्भिक रुपमा दुईतिहाइभन्दा बढी ठाउँमा रास्वपाले अग्रता लिएको छ । विगतमा कांग्रेस एवं एमाले उम्मेदवारहरू निरन्तर निर्वाचित रहेको क्षेत्रमा चलिरहेको मतगणनामा रास्वपाको शुरुवाती अग्रता देखि...

७० हजार नयाँ मतदाता थपिए

काठमाडौँ । मतदाता नामावलीमा नाम दर्ता गर्न क्रम जारी छ । हालसम्म ७० हजार नयाँ मतदाता थपिएका छन् । २ कात्तिकसम्म ७० हजार ४ सय १५ जना व्यक्ति मतदाता नामावलीमा थपिएका निर्वाचन आयोगले जनाएको छ । अध्यादेशमार्फत कानुन संशोधन...

विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने, आजै पारित गरिने प्रस्ताव

काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८३ माथिको छलफलका क्रममा विभिन्न मन्त्रालयगत शीर्षकहरूमा सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने मुख्य कार्यसूची रहेक...

निर्वाचन सुरक्षामा कडाइ गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले मुलुकभर निर्वाचनको लागि सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएकी छन् । सुनसरीमा कोशी प्रदेशको वस्तुस्थितिबारे जानकारी लिँदै उनले यस्तो निर्देशन दिएकी हुन् । निर्वाचनको माहोल उत्साहजनक रहे...

प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौं : उज्यालो नेपाल पार्टी

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचन, २०८२ को समग्र समीक्षा तथा आगामी राजनीतिक कार्यदिशा निर्धारण गर्न दुई दिने विशेष समीक्षा कार्यक्रम गरेको छ । फागुन २९ र ३० गते पार्टीको केन्द्रीय कार्यालयमा भएको छलफलमा अधिकांश वक्ताहरुले प्र...

सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ

रामेछाप । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाएका छन् । मन्थलीमा भएको पत्रकार र नागरिक अगुवासँगको भेटमा बोल्दै घिसिङले सरकारले पेट्रोल र डिजेलको प्रयोग घटाउन विद्युतीय गाडीमा सहुलियत दिनु पर्नेमा उल्टो विद...