कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ। बैठकमा पार्टीको १५औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने भनिएको छ ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि कार्यसम्पादन समितिको बैठक बोलाइएको हो।
विशेष महाधिवेशन पक्षधर नेताहरूले पुस २७ देखि २८ गतेसम्म काठमाडौंमा विशेष महाधिवेशन गर्ने तयारी गरेपछि पार्टी सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका नेताहरूसँग छलफल थालेका छन् । विशेष महाधिवेशनले पार्टीलाई कमजोर बनाउने र विभाजनसम्मको स्थितिमा पुर्याउने भन्दै त्यसलाई रोक्न देउवाले छलफल थालेका हुन् । सोहीअनुसार देउवाले बिहीबार बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग छलफल गरेका थिए ।
देउवाले महाराजगञ्जस्थित निवासमा बोलाएर कार्यवाहक सभापतिसँग काउण्टर मुभबारे छलफल गरेका हुन्। यही पुस २६ देखि २८ सम्म तोकिएको १५औँ महाधिवेशन नहुने भएपश्चात् महामन्त्रीद्वय थापा र शर्मा विशेष महाधिवेशन बोलाउने तयारीमा जुटेका छन्। हल खोज्ने, विधानमा काम गर्नेलगायत आवश्यक तयारीमा उनीहरू जुटेपछि त्यसलाई रोक्न संस्थापन पक्षले छलफल थालेको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
मन्त्री नआएको भन्दै आज पनि नबोल्ने अडानमा राजेन्द्र
काठमाडौँ । नेकपा एमालेका सांसद राजेन्द्र राईले सदनमा मन्त्रीहरू नआएको भन्दै नबोल्ने अडान लिएका छन् । प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको मन्त्रलगायत छलफलका क्रममा मन्त्री उपस्थित नभए नबोल्ने बताए ।
उनले यसअघि १५ मिनेटका लागि बैठक किन स्थगित गर...
सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैन : प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने बताएकी छन्। मंगलबार बालुवाटारमा जेनजी आन्दोलका घाइतेहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको मर्मभन्दा ब...
‘पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा उज्यालो भविष्यका लागि एक ठाउँमा उभिएका हौं’
काठमाडौँ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच ऐतिहासिक एकीकरणको सहमति भएको जानकारी दिएका छन् । सामाजिक सञ्जालमार्फत मंगलबार मात्रै उनले पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा उज्यालो...
म मेरो तर्कमा अडिग छु, सिंह दया र करुणाको प्रतीक होइन : हरि ढकाल
काठमाण्डौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद हरि ढकालले सिंह हिंस्रक, घमण्ड र शासककै प्रतीक भएको बताएका छन् । आइतबार सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएपछि ढकालले यस्तो बताएका हुन् ।
ढकालले आइतबार एक कार्यक्...
कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई जना मनोनीत
काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो केन्द्रीय निर्वाचन समितिमा दुईजनालाई मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको संयोजकत्वमा रहेको केन्द्रीय निर्वाचन समितिमा नयाँ सदस्य र सदस्य–सचिव नियुक्त गरेका हुन् ।
शेखर कोइरालासँग विशेष महाधिवेशन माग गर्ने नेताहरुको भेटवार्ता
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको माग गरी ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरी पार्टी कार्यालयमा दर्ता गराएको समूहले पार्टी नेता डा शेखर कोइरालासँग छलफल गरेको छ । हस्ताक्षर बुझाएपछि पार्टी...



