होर्मुज क्षेत्रबाट एक नेपालीलाई इरानले नियन्त्रणमा लिएको पुष्टि
काठमाडौँ । इरानले होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको छ । परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । पक्राउ परेका व्यक्तिको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । तर उनको नाम अमृत झा रहेको मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयअन्तर्गत पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले होर्मुज क्षेत्रमा कार्यरत जहाजका सबै क्रु सदस्यलाई इरानले नियन्त्रणमा लिएको र सोही क्रममा नेपाली नागरिक पनि परेको जानकारी दिए । पक्राउ परेको विषयमा उनका आफन्तहरूले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका थिए।
एक्सप्रेस
सम्बन्धित खबर
थाइल्याण्डमा उच्च गतिमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको मृत्यु
काठमाडौँ । थाइल्यान्डको नाखोन राचासिमा प्रान्तमा निर्माणाधीन क्रेन गुडिरहेको एक्सप्रेस रेलमाथि खसेर दुर्घटना भएको छ। यस घटनामा २२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन् । उद्धार टोलीहरू अझै पनि भग्नावशेषमा फसेका यात्रुहरूलाई मुक्त गर्न प्रय...
‘टोकियो सप्ताह’को तयारी पूरा,पण्डित दीनबन्धु टोकियोमा
टोकियो । आगामी साता जापानको टोकियोमा हुन लागेको ‘टोकियो सप्ताह-२०२५' को तयारी लगभग पूरा भएको छ । नेपाली समुदायको आफ्नै भवन र मन्दिर बनाउन नोभेम्बर ८ देखि १५ सम्म टोकियोको शिन्जुकोमा महायज्ञ हुन लागेको हो ।
हर्मुज जलमार्ग खुलाउन दक्षिण कोरियाले शुरू गर्यो इरानसँग संवाद
काठमाडौँ । पश्चिम एसियाको द्वन्द्व चौथो हप्तामा प्रवेश गर्न लाग्दा दक्षिण कोरियाले विश्वकै प्रमुख व्यापारिक मार्ग ’हर्मुज जलमार्ग’ लाई सामान्य बनाउन इरान लगायतका मुलुकहरूसँग सक्रिय संवाद सुरु गरेको छ । विश्वको कुल तेल व्यापारको २० प्रतिशतभन्...
अफगानिस्तानमा भीषण हिमपात र वर्षा, ३ दिनमा ६१ जनाको मृत्यु
काठमाण्डौँ । अफगानिस्तानको विपद् व्यवस्थापन एजेन्सीले तीन दिनमा देशका धेरै भागमा भारी हिमपात र वर्षाका कारण कम्तीमा ६१ जनाको मृत्यु भएको शनिबार जनाएको छ । हिमपात र हिमपहिरोका कारण १०० भन्दा बढी व्यक्ति घाइते भएको र ४०० भन्दा बढी घर ध्वस्त भएका छन्...
अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको ट्रम्पको खुलासा
काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी साढे तीन महिना लामो युद्ध अन्त्यका लागि एक प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको दाबी गरेका छन् । फ्रान्सको एभियानमा जारी जीसेभेन शिखर सम्मेलनका क्रममा सोमबार फ्रान्सेली राष्ट्रपति इमा...
कहाँ छन् राष्ट्रपति मादुरो ? उपराष्ट्रपतिले मागिन् जीवित रहेको प्रमाण
काठमाडौँ । अमेरिकी सैन्य आक्रमणपछि भेनेजुएलामा राजनीतिक र सुरक्षा सङ्कट चरम उत्कर्षमा पुगेको छ । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति निकोलस मादुरो र प्रथम महिला सेलिया फ्लोरेसबारे सरकारसँग हाल कुनै सूचना नभएको र उनीहरू कहाँ छन्...


