नेशनल लाईफ इन्स्योरेन्स को १ दिने तालिम सम्पन्न
काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले जारी गरेको मासिक योजना मन्थन २०८२ मा तोकिएको ब्यबसाय गरि छनौट भएका बागमती र मधेश प्रदेशका विभिन्न शाखा कार्यालयमा आबद्ध रही कार्य गर्ने अभिकर्ताहरुलाइ १ दिने तालिम प्रदान गरेको छ ।
कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत स्मृती राज कडेलज्युको सभपतित्वमा सम्पन्न भएको सो कार्यक्रम अन्तर्गत छनौट भएका २८० जना अभिकर्ताहरुलाइ धुलिखेल स्थित होटल सारथीमा चर्चित प्रशिक्षक काजिम रजाले प्रशिक्षण प्रदान गर्नु भएको थियो । वहाँले, विभिन्न उदाहरण प्रस्तुत गर्दै एमडिआरटीको लक्ष्य हासिल गर्ने उपायको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
कम्पनीका उप प्रमुख कार्यकरी अधिकृत स्मृती राज कडेलज्युले कम्पनीमा आबद्ध अभिकर्ताहरुलाई आफुले आत्मसात गरेको अभिकर्ता पेशालाइ व्यावसायिक बनाउने उदेश्यले कम्पनीले विभिन्न अभिकर्ता मैत्री मासिक तथा बार्शिक योजना जारी गर्दै आइरहेको र यसै सन्दर्भमा अभिकर्ताहरुलाइ उत्कृष्ट प्रशिक्षण दिने गरि प्रेरणा, प्रगती र पेशागत उत्कृष्टता को नाराका साथ मासिक योजना मन्थन जारी गरिएक बताउनुभयो ।
यो योजनामा देशैभरबाट ७०० भन्दा बढी अभिकर्ताहरु छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको बताउनु भयो साथै वहाँले शाखा स्तरिय प्रथम द्वितीय र तृतिय हुन सफल अभिकर्ताहरुलाइ मायाको चिनो प्रदान गर्नु भएको थियो ।कार्यक्रममा एजेन्सी बिभाग प्रमुख सुशिल प्रताप राणाले यश प्रकारको तालिमबाट अभिकर्ताहरूले आफ्नो पेशामा उत्कृष्टता हासिल गरि प्रतिस्पर्धात्मक बजारमा आफुलाइ अब्बल साबित गर्न सक्ने बताउनु भयो ।
कार्यक्रममा साहभागी अभिकर्ताहरुले यस्ता उत्कृष्ट तालिमबाट आगामी दिनमा बिमा ब्यबसायमा अझ प्रगती गर्ने प्रेरणा मिलेको बताएका थिए भने सम्मानित हुने अभिकर्ताहरुले सम्मान प्राप्त गर्दा आफ्नो मिहिनेतको फल प्राप्त भएको र आगामी दिनमा अझ मिहेनतका साथ आफ्नो पेशालाइ अगाडि बढाउने बताएका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
मंगलबार घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने तोलामा २५ रुपै...
महिला लघुवित्तको शेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति ?
काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ८४ हजार ५३७ कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी निरु कुथुमी राईको नाममा रहेको ७४ हजार २४६ कित्ता र इन्दिरा गिरीको नाममा रहेको १० हजार २९१ कित्ता शेयर लिलामीमा...
विद्यार्थीबाट गैरकानुनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न सम्बन्धित सबैलाई निर्देशन दिएको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी केही संस्थागत विद्यालयहरूले प्रचलित कानुन तथा सम्मानित सर्वो...
एकैदिन ६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो
काठमाडौँ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैदिन ६३ उद्योगको पानी र बिजुलीको लाइन काटेको छ । लामो समयदेखि औद्योगिक क्षेत्रको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर पनि भाडा र महसुल नतिरेपछि लिमिटेडले बुधबारदेखि धमाधम लाइन काट्न सुरु गरेक...
अन्तरदेशीय प्रसारण लाइनको लाभ प्राधिकरणले पनि पाउने ऊर्जा मन्त्रालयको दाबी
काठमाडौँ । सरकारले नेपाल र भारतबिच निर्माण हुने अन्तरदेशीय प्रसारण लाइनबाट प्राप्त हुने लाभ नेपाल विद्युत् प्राधिकरणले पनि प्राप्त गर्ने स्पष्ट पारेको छ । नेपाल–भारतबिच इनरुवा–पूर्णीया र दोदोधारा–बरेल...
आइतबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैया...



