रवि लामिछानेको मुद्दा सुनुवाइ गर्दा न्यायाधीशविरुद्ध उजुरी
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलविरुद्ध उजुरी परेको छ । न्यायाधीशको आचारसंहिता विपरीत रिटको सुनवाई गरेको भन्दै पोखरेलविरुद्ध न्यायपरिषद्मा उजुरी गरिएको हो । हिजो पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दामा सुनुवाइ गरेका थिए । महान्यायाधीवक्ता कार्यालयले रविविरुद्ध विभिन्न जिल्लामा दर्ता भएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय गरेपछि त्यसविरुद्ध परेको रिटमा पोखरेलले सुनुवाइ गरेका हुन् ।
महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध रिट हालेका युवराज पौडेल ९सफल०ले नै न्यायाधीशविरुद्ध उजुरी दिएका हुन् । पौडेलले पोखरेलले पहिले लामिछानेको कानुन व्यवसायीको रूपमा काम गरेकोले स्वार्थ बाझिने कुरा आफ्ना कानुन व्यवसायीले आग्रह गर्दा पनि पोखरेलले नमानेर आचार संहिता उल्लंघन गरेको दाबी गरेका छन् । हिजो हेर्दाहेर्दैमा रहेको सुनुवाइ आज पनि जारी रहने भएपछि पौडेल उजुरी बोकेर परिषद पुगेका हुन्।
एक्सप्रेस
सम्बन्धित खबर
विचार र सिद्धान्त नभएकाहरु सामाजिक सञ्जालका भरमा लोकप्रिय हुन खोजे : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड लोकतन्त्रमाथि प्रहार गर्ने विश्व प्रतिक्रियावादको भूराजनीतिक चलखेल नेपालमा पनि देखिएको बताएका छन् । मंगबार नेकपा काठमाडौं-५ पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले सामाजिक सञ्जा...
मतदान सम्पन्न भएको २४ घण्टाभित्रै परिणाम
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको २४ घण्टा भित्रै प्रत्यक्ष तर्फको मतपरिणाम दिने तयारी पूरा भएको जनाएको छ ।
आयोगका अनुसार आवश्यक जनशक्ति र सामग्री सबै तयार भएकाले मतपरिणाम दिन ढिला नहुने जनाएको हो । आज विहीब...
रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सचिवालयको आकस्मिक बैठक बोलाएको छ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले सहकार्यको सम्भावना सकियो भनेपछि रास्वपायले यसबारे छलफल गर्न आकस्मिक बैकठ बोलाएको हो ।
पार्टी प्रवक्ता मन...
सरकारले गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा गर्यो सिफारिस
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई रिक्त रहेको एक जना सदस्यका लागि सिफारिस गरेको हो । मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको मन्त्री अर्यालले जानकारी दिए । राष...
पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान
काठमाडौँ । हर्कराज राई साम्पाङको उपस्थितिमा शनिबार पशुपतिनाथ मन्दिर परिसरमा श्रमदान कार्यक्रम सम्पन्न गरिएको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्यसमेत रहेका साम्पाङको सहभागितामा आयोजित उक्त कार्यक्रममा सरसफाइका साथै विभिन्न श्र...
प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आजदेखि सुनुवाइ
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद...



