नेपालीको आत्मनिर्णयको अधिकारमाथि चुनौति दिने तत्वसँग लड्न कम्युनिष्ट एकता : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको आत्मनिर्णयको अधिकारमाथि चुनौति दिने विदेशीतत्वसँग लड्न कम्युनिष्ट एकता गरिएको बताएका छन् । शनिबार दाङको देउखुरीमा आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले जनतालाई साथमा लिएर प्रतिक्रियाबादी हस्तक्षेपकारी विदेशीतत्वसंग लड्न कम्युनिष्ट एकता गरिएको बताएका हुन्। उनले जनताको भावना बुझेर साथमा नलिएरसम्म दुईतिहाइले पनि केहि गर्न नसक्ने जेनजी आन्दोलनमा स्पष्ट भएको जिकिर गरे।
प्रचण्डले दुईतिहाइको दम्भमा अघिल्लो सरकारले भ्रष्टचारीलाई बचाउने काम गरेकाले प्रधानमन्त्री बालुवाटारबाट हेलिकप्टर चढेर भाग्नुपरेको धारणा राखे। जनताले लखेटेपनि केहि नेतामा अझै पनि अहंकार र दम्भ नहटेको उनको भनाइ छ । उनले आफूहरूबाट भएका गल्तीकमजोरीको समीक्षा गर्दै नेकपा एकता भएको भन्दै अब जेनजीको मुद्दालाई अघि बढाउने बताए ।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले राम्रा कुराको निरन्तरता र कमीकमजोरीलाई सुधार गर्ने संकल्पका साथ नेकपा गठन गरिएको बताए। जनताको जीवनलाई सुखी बनाउने र समानता कायम गर्न पार्टीले ध्यान दिने उनले बताए । उनले यवाहरूले अघि सारेका विषयलाई समेत आत्मसाथ गर्दै देशले चाहेको समाजवाद स्थापीत गरेरै छाड्ने उल्लेख गरे ।
एक्सप्रेस
सम्बन्धित खबर
निर्वाचनको वातावरण बनाउन सरकार लाग्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको वातावरण बनाउनेतर्फ सरकार सक्रिय भएर लाग्नुपर्नेमा जोड दिएकी छन् । आज काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको दोश्रो प्रतिलिपि लिएपछि उनले सरकार र सम्बन्...
मोहन वैद्यले पार्टी प्रमुख पदबाट राजीनामा दिए
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणले पार्टीको कार्यकारी प्रमुख पदबाट राजीनामा दिएका छन् । पार्टी प्रमुखबाट राजीनामा दिएसँगै उनले पार्टीका अर्का नेता सीपी गजुरेलाई महासचिवको जिम्मे...
राष्ट्रिय सभाको १९औँ अधिवेशन शुरु हुँदै, सिंहदरबारमा बैठक सञ्चालनको तयारी
काठमाडौँ । राष्ट्रियसभाको १९औँ अधिवेशन आज बिहान ११ बजेदेखि शुरु हुँदैछ। जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद् भवन जलेर ध्वस्त भएकाले संघीय संसद् सचिवालयले यसपटक सिंहदरबारमा बैठक सञ्चालनको विशेष तयारी गरेको छ ।
अधिवेशनको पहिलो बैठकमा अध्...
कांग्रेसको मधेश जनसभाको तयारी तीब्र, प्रतिज्ञा पत्र सार्वजनिक हुने
जनकपुर । नेपाली कांग्रेसले फागुन ६ गते बुधबार जनकपुरधाममा आयोजना गर्न लागेको विशाल मधेश जनसभाको तयारी तीब्र बनाएको छ । विशेषगरी मधेश केन्द्रित रहेको उक्त जनसभामा पार्टी सभापतिसहित केन्द्रीय समितिका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।...
दोहोरो भूमिकाबाट पछि हटे कांग्रेस, निवर्तमान सांसदहरू अव सर्वोच्च नजाने
काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई भेटेर संसद् पुनः स्थापनाको रिट पेसीमा चढाउन आग्रह गर्ने नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले तयारी रोकिएको छ । उनीहरू आज बिहान १० बजे सर्वोच्च गएर पेसीको माग गर्ने योजनामा थिए ।
विघटित प्रत...
राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक विज्ञ सुनीलबहादुर थापाले राजीनामा दिएका छन् । आसन्न राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बन्न थापाले राजीनामा दिएको बताइएको छ । थापाको नामा धनकुटाबाट राष्ट्रियसभा निर्वाचन...



