लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरेका छन्। बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै उनले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेका हुन् ।
उनले समितिलाई आजै पीडितहरूसँग वार्ता सुरु गर्न निर्देशन समेत दिएका छन् । समितिका सदस्यहरूमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहेका छन् । वार्ता समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य छन् । समितिको पहिलो बैठक अहिले केही बेरमा अर्थ मन्त्रालयमा बस्दै छ। सो बैठकले आन्दोलनरत लघुवित्त पीडितहरूसँग आजै वार्ता सुरु गर्नेछ।
एक्सप्रेस
सम्बन्धित खबर
दुर्घटना न्यूनीकरण लक्षित ट्राफिक सप्ताह मनाइने
काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह आयोजना गरेको छ । कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी माघ ३ गतेसम्म विभिन्न सचेतनामूलक कार्य...
जेन–जी आन्दोलनका नाममा सर्वोच्चमा जलाइएका दश हजार भन्दा बढी मुद्दाका मिसिल तयार
काठमाडौँ । सर्वोच्च अदालतमा जेन–जी आन्दोलनका नाममा आगजनीमा परेर जलेका १० हजार बढी मुद्दाको मिसिल तयार पारिएको छ । सर्वोच्चमा रहेका कूल २४ हजार मुद्दाका मिसिलमध्ये गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा २० हजार मिसिल आगल...
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ८ जना पक्राउ
काठमाडौँ । अवैध लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ परेका छन् । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ मङगलबारे बस्ने मान बहादुर दर्जी समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय मिलिग्राम सहित शनिबार बेलुकी प्रहरीले पक...
बेपत्ता पुष्पाको शव नदि किनारमा फेला
सल्यान । सल्यानमा भेरी नदिको पुलबाट हाम फालेर बेपत्ता भएकी युवतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सुर्खेत बोटेचौर क्षेत्रस्थित नदि किनारमा शव फेला परेको हो । यहि फागुन ८ गते बनगाड कुपिण्डे नगरपालिका–१ जडागौडास्थित भेरी नद...
पशुपतिमा प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
काठमाण्डौँ । शिवरात्रिमा पशुपतिमा खटिएका प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले मकवानपुरका २५ वर्षीय रिजन श्रेष्ठलाई पक्राउ गरेको हो। उनी काठमाडौँ बस्दै आएका थिए ।
शिवरात्रीमा उनले पशुपतिम...
विचौलिया दिपक भट्टका साझेदार शंकर समूहका अध्यक्ष अग्रवाल पक्राउ
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको सरकार रहेको बेला सदाबहार शक्तिशाली रहेको बिचौलिया दिपक भट्टका व्यवसायिक साझेदार औद्योगिक समूह शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् । यसअघि सम्पत्ति शुद्धीकरण कसुरमै पक्राउ परेका व...



