मौसम सफा, अर्को प्रणाली नआएसम्म मौसम खुलिरहने, चिसो भने रहिरहने
काठमाडौँ । मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले उक्त प्रणाली बाहिरिएको र पश्चिमी वायुको प्रभाव कायम रहेकाले कतैकतै उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य असर देखिने भए पनि आजदेखि मौसम खुल्ने बताए ।
आज तराई भू–भागका धेरै स्थानमा हुस्सु–कुहिरो रहने, कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातरवर्षाको हुनसक्ने जनाइएको छ ।
उनले चिसो भने केही दिन रहन सक्ने बताउँदै अब अर्को प्रणाली नआएसम्मलाई मौसम खुल्ने जानकारी दिए । उक्त प्रणालीले बुधबार काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा गराएको थियो । विशेषगरी यो प्रणालीले मधेस र कोशी प्रदेशलाई सामान्यभन्दा छुन सकेन । उक्त प्रणालीले काठमाडौँमा २.२, ललितपुरमा ४.८ र भक्तपुरमा समाान ४.८ मिलिमिटर वर्षा गराएको छ । सबैभन्दा बढी सुर्खेतमा ४३ मिलिमिटर वर्षा भएको छ ।
रुकुमको शेरागाउँमा ३८ मिलिमिटर र जाजरकोटमा ३३ मिलिमिटर, बैतडीमा ३५.६, डडेलधुरामा ३३.२, बाजुरमा ३०.२, मनाङमा ३२.४ र डोल्पामा ३१ मिलिमिटर वर्षा भएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना : बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा...
लगातारको पहिरोले मुख्य राजमार्ग ठप्प, कहाँ कहाँ बन्द छ ?
काठमाडौँ । केही दिनयतादेखिको वर्षासँगै आएको पहिराका कारण देशभरीमा विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएका छन् । आज बिहानको पहिराका कारण ललितपुर बागमती गाउँपालिका ३ पाङ्दुरस्थित कान्तिलोकपथ, प्युठान सरुमारानी गाउँपालिका ४ खहरे ख...
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
काठमाडौँ । अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुङ्गा खस्ने तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेकाले नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार न...



