शुक्रबार, ०१ साउन २०८३
नेपाली

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

Main News Image

काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सूचना जारी गर्दै २०८३ साल वैशाख १४ गतेदेखि कक्षा १२ का साधारण, प्राविधिक तथा परम्परागत धारतर्फका नियमित तथा आंशिक रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ८०, ८१ र ८२ भएका परीक्षार्थीहरूको वार्षिक परीक्षा सञ्चालन हुने जनाएको हो ।

सूचना अनुसार परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजेसम्म सञ्चालन हुनेछ । वैशाख १४ गतेदेखि सुरु हुने परीक्षा वैशाख २७ गतेसम्म चल्नेछ । विभिन्न संकाय र धारअन्तर्गत अनिवार्य तथा ऐच्छिक विषयहरूको परीक्षा तोकिएको मिति र समयमा सञ्चालन गरिने बोर्डले जनाएको छ । वैशाख १४ गते अनिवार्य अङ्ग्रेजी ९नियमित० विषयबाट परीक्षा सुरु हुनेछ भने १५ गते अनिवार्य नेपाली, १६ गते अनिवार्य अङ्ग्रेजी ९आंशिक० र सामाजिक अध्ययन ९प्राविधिक धार० का विषयहरू सञ्चालन हुनेछन् ।

त्यसैगरी गणित, लेखा, भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान, अर्थशास्त्र, शिक्षा, व्यवस्थापन, मानविकी तथा विभिन्न प्राविधिक विषयहरूको परीक्षा क्रमशः तोकिएको तालिकाअनुसार सञ्चालन गरिनेछ । बोर्डले परीक्षार्थीहरूलाई परीक्षा सुरु हुनुभन्दा कम्तीमा आधा घण्टा अगाडि नै परीक्षा केन्द्रमा उपस्थित हुन निर्देशन दिएको छ । परीक्षा सुरु भएको १५ मिनेटपछि उपस्थित हुने परीक्षार्थीलाई सहभागी गराइने छैन । परीक्षा कार्यक्रममा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः परीक्षा व्यवस्था नगरिने पनि स्पष्ट पारिएको छ ।

त्यस्तै, परीक्षा केन्द्र परिवर्तन गर्न नपाइने, मोबाइल फोन, स्मार्ट घडी लगायतका विद्युतीय उपकरण लैजान निषेध गरिएको, आवश्यक सामग्री परीक्षार्थी स्वयंले ल्याउनुपर्ने तथा जीवविज्ञान विषयका परीक्षार्थीहरूले बोटनी र जुलोजीका लागि एउटै उत्तरपुस्तिका प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।


कुनै विद्यार्थीको एकभन्दा बढी विषय एकै दिन परेमा सूचना प्रकाशित भएको १५ दिनभित्र बोर्डको प्रदेश वा शाखा कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ । साथै, अनिवार्य नेपालीको सट्टा ऐच्छिक अङ्ग्रेजी अध्ययन गर्ने विदेशी नागरिकले वैशाख १५ गते नै ऐच्छिक अङ्ग्रेजी विषयको परीक्षा दिनुपर्ने जनाइएको छ ।


mediabaaji add

सम्बन्धित खबर

मुक्तकमैयालाई जग्गा दिन अदालतको आदेश

काठमाण्डौँ । उच्च अदालत तुलसीपुरले मुक्तकमैया तथा भूमिहीन सुकुमवासीले प्राप्त गरेको जग्गाको अंशबण्डा, नामसारी, दर्ता तथा बसोबास व्यवस्थापनका सम्बन्धमा आदेश जारी गरेको छ ।  न्यायाधीशद्वय मदन पोखरेल र शकुन्तला घिमिरेको संयुक्त इजलासले भूमि प्रश...

सशस्त्र प्रहरीका लागि थप गरिएको तीन डिआइजी पद तत्काललाई होल्ड

काठमाडौँ । सरकारले सशस्त्र प्रहरीका लागि थप गरिएको तीन डिआइजी पद तत्काललाई होल्डमा राखेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालका काका नाता पर्नेलाई बढुवाका लागि डिआइजी पद थपेको भन्दै विवाद उत्पन्न भएपछि तत्काललाई होल्डमा राख...

आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा...

एकैदिन मुस्ताङ भित्रिए सात हजार पर्यटक

मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन छ हजार ८५९ पर्यटक भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारको भाइटीका सकिएको पहिलो दिन राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै उक्त सङ्ख्यामा...

एसईईको परीक्षा केन्द्र निर्धारण गर्न राष्ट्रिय परीक्षा बोर्डको ९ बुँदे निर्देशन

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको ‘परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०’ ले माध्यमिक शिक्षा परीक्षा ९एसईई० २०८२ को परीक्षा केन्द्र निर्धारणका लागि देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई ९ बुँदे निर्देशन दिएको छ ।

विगतका वर्षमा पर...

११ महिनामा ६ हजार विपद्का घटना, ४६४ जनाको मृत्यु

काठमाण्डौँ । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ११ महिनामा विपद्मा परेर ४ सय ६४ जनाको ज्यान गएको छ । विपद्का कारण ३८ जना बेपत्ता हुँदा एक हजार...