एमाले र रास्वपाबिच झडप, एमालेका दुई कार्यकर्ता घाइते
धनगढी । बैतडीमा नेकपा एमाले र रास्वपाका कार्यकर्ताबिच झडप हुँदा एमालेका दुई जना घाइते भएका छन्। चुनावी प्रचारप्रसारका प्रचारप्रसारको लागि घरदैलो गर्ने क्रममा डिलासैनि गाउँपालिकास्थित लेक टोलमा दुई पार्टीका कार्यकर्ताबिच झडप भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले दिएको जानकारी अनुसार झडपमा परी डिलासैनी ७ घर भएका एमाले निकट युवा संघका जिल्ला सदस्य जनक धामी र सोही ठाउँका माधव धामी रहेका छन् ।
जनकको टाउको र निधारमा चोट लागेको छ भने माधवको ढाड र दाहिने खुट्टामा चोट लागेको प्रहरी निरीक्षक सिंहले बताए। उनीहरूको उपचार गोकुलेश्वर अस्पताल दार्चुलामा उपचार भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिएका छन्। प्रहरीले रास्वपाका ५ जना कार्यकर्तालाई नियन्त्रणमा लगेको जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
संसद्को चालु अधिवेशन शुक्रबारदेखि अन्त्य हुने
काठमाडौँ । संघीय संसद्अन्तर्गत दुवै सदनको चालु अधिवेशन शुक्रबार राति १२ बजेबाट अन्त्य हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गर्ने भएका हुन् । शुक्रबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले संसद्को संयुक्त सद...
पार्टी एकताकै पक्षमा छु, निकास ननिस्किँदासम्म लागिरहन्छु : डा. शेखर कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा निरन्तर आवाज उठाइरहेको बताएका छन् । विशेष महाधिवेशन उद्घाटनको संघारमा भिडियो सन्देश जारी गर्दै उनले पार्टी विभाजन नहोस् भन्नेमा आफू सचेत रहेको स्पष्ट पारेका हुन् । उनले...
प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। संसद् सचिवालयका अनुसार बैठक बुधबार बिहान ११ बजेका लागि तय गरिएको हो । आजको बैठकमा विभिन्न वार्षिक प्रतिवेदनहरू पेस गर्ने र नयाँ विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
<...प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब स्वीकृत
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब रुपैयाँको बजेट स्वीकृत गरेको छ । निर्वाचन आयोगले साढे सात अर्ब रुपैयाँ माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रुपैयाँ मात्र स्वीकृत गर...
कांग्रेसले देशलाई नयाँ उचाइमा पुर्याउने क्षमता राख्छ : विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन नजिकिँदै गर्दा मतदाताले गम्भीर भएर निर्णय लिनुपर्ने बताएका छन् । दाङको घोराहीमा आयोजित जिल्लास्तरीय भेलामा बोल्दै उनले भने, ०६४ मा झैँ गल्ती गर्ने कि ०७० मा झैँ विवेक पुर्याउने ?...
प्रतिनिधि सभा निर्वाचन हुन ८२ दिन बाँकी, समानुपातिकमा सहभागी दललाई चिन्ह
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ । आयोगले शुक्रबार ती राजनीतिक दल दर्ता भएको र चुनाव चिन...



