शुक्रबार, ०१ साउन २०८३
नेपाली

मधेसमा मुख्यमन्त्रीको सकस : कांग्रेसका यादव र लोसपाका सोनलको दाबी

Main News Image

काठमाडौँ । मधेस प्रदेशमा मुख्यमन्त्रीको दाबी आज पेस गर्नुपर्ने छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिएका छन् । नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कृष्ण यादव र पूर्वमुख्यमन्त्रीसमेत रहेका लोसपाका नेता जितेन्द्र सोनलले दाबी नछाड्दा मधेस प्रदेशमा मुख्यमन्त्री टुंग्याउन सात दललाई सकस परेको छ ।

बिहीबार दिनभर बसेको सातदलको बैठकले पनि मुख्यमन्त्रीमा सहमती जुटाउन नसक्दा शुक्रबार बिहान नौबजेपछि दल फेरि छलफलमा बसेका छन्। सात दलको हिजो जनकपुरमा सात घण्टा बैठक बसेपनि कुनै निष्कर्ष ननिस्किएको एक सांसदले बताए ।

हिजोको सात दलको बैठकले मुख्यमन्त्रीमा दाबी नगरेका प्रदेश सभाका चार दललाई यादव र सोनलमध्ये एक जनाको नाम मुख्यमन्त्रीमा टुंग्याउने जिम्मा पाएका छन्। जसपा, जनमत, माओवादी केन्द्र र एकीकृत समावादीले मुख्यमन्त्रीको नाम टुंग्याउने जिम्मेवारी पाएका हुन् । सात दलको बैठकमा यादव र सोनलले दाबी नछाडेपछि माओवादी संसदीय दलका नेता भरत साहले मुख्यमन्त्रीको नाम टुंग्याउने जिम्मा चार दललाई दिन प्रस्ताव गरेका थिए।

साहको प्रस्ताव अनुसार नै बैठकले मुख्यमन्त्रीको नाम टुंग्याउने जिम्मा चार दलले पाएका हुन् । हिजोको बैठकमा यादव र सोनल दुवैले चार दलले जसको नाम टुंग्याए पनि त्यो आफूहरुलाई मान्य हुने प्रतिवद्धता जाहेर गरेका ती सांसदको भनाई छ ।

 

mediabaaji add

सम्बन्धित खबर

प्रतिनिधि सभा निर्वाचन २०८२ : ६३ दलले समानुपातिक बन्दसूची बुझाए, कांग्रेसको सूची बाँकी

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को तयारी तीव्र बन्दै गएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक तर्फको बन्द सूची पेश गर्ने अन्तिम दिन हिजो निर्वाचन आयोगमा दलहरूको उल्लेख्य उपस्थिति देखिएको थियो । निर्वाचन आयोगले स्वीकृत कार...

मतदाता नामावली दर्ताको समय सकिँदै, करिब सात लाख नयाँ मतदाता थपिए

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्ष्य गरेर सञ्चालन गरेको मतदाता नामावली तथा अद्यावधिकका लागि थप गरेको समय आज मध्य रातिदेखि सकिँदैछ । सो अघि गत कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताक...

मधेश प्रदेशमा तीन दलीय गठबन्धन कायम रहने

जनकपुर । नेपाली कांग्रेस र एमालेबीच बढ्दै गएको चिसोपनका कारण प्रदेशहरुको राजनीतिक समिकरण फेरबदल सुरु हुँदा मधेश प्रदेशमा भने यसको कुनै असर नपर्ने भएको छ ।

मधेश प्रदेशमा हाल विद्यमान नेपाली कांग्रेस, नेकपा एमामे र नेपाली कम्युनिष्ठ पार्टी –ने...

विश्वप्रकाश शर्माले भने : यो नतिजा अप्रत्याशित होइन

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले हालै सार्वजनिक स्ट्याटसमार्फत मतदाताको निर्णयलाई स्वीकार गर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, मतदाताको फैसला स्वीकार्य छ ।‘बुलेट’बाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्‍य...

त्रिविमा संयुक्त विद्यार्थी संगठनको प्रदर्शन, सरकारविरुद्ध मार्चपास

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा संयुक्त विद्यार्थी संगठनले मंगलबार विभिन्न नारासहित प्रदर्शन गरेका छन्। उनीहरूले शैक्षिक संस्थाहरूमा हुने छात्रा हिंसाविरुद्ध एकजुट बनौं, क्याम्पसहरू सुन पसल होइनन्, विश्वविद्यालयमा प्रहरी होइन प्राध्यापक पठाऊ,...

राष्ट्रपतिले फर्काएको अध्यादेश जस्ताको तस्तै फेरि सिफारिस

काठमाडौँ । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई पुनः जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । यसअघि राष्ट्रपतिले केही विषयमा स्पष्टीकरण खोज्दै वा पुनर्विचारका लागि फिर्ता पठाएको उक्त अध्यादेशलाई मन्त्रिपरिषद्को पछिल्...