बिहिबार, ३२ असार २०८३
नेपाली

आज विश्वासको मत लिँदै मुख्यमन्त्री सोनल

Main News Image

जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिने भएका छन् । ५ दलका ५६ जना प्रदेशसभा सदस्यहरूको सर्मथनमा सोनल गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपालको संविधानको धारा १६८को उपधारा ४ बमोजिम आज शनिबार बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् । १०७ सदस्यीय प्रदेशसभामा हाल १०४ जना सदस्य कायम रहेका छन् ।

संविधानअनुसार विश्वासको मतका लागि प्रदेशसभामा कायम सदस्यको बहुमत अर्थात् कम्तीमा ५३ मत आवश्यक हुन्छ । मुख्यमन्त्री सोनलसंग जसपा नेपालका १८ जना, जनमत पार्टीका ११ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना, नेकपा एसका ७ जना, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १÷१ जना सांसदको मत रहेको छ ।

 

mediabaaji add

सम्बन्धित खबर

सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

काठमाडौँ । सभामुख डोलप्रसाद डीपी अर्यालले पूर्व सभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् । सोमबार सभामुख अर्यालले उनीहरूसँग भेटवार्ता गरेका हुन् । भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवको आदान-प्रदान, संघीय संसद्को प...