चेन्नईले ८ विकेटले हरायो मुम्बईलाई, प्लेअफको दौड रोमाञ्चक बन्दै
काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत शनिबार भएको खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ । यस सिजनमा मुम्बईमाथि चेन्नईको यो दोस्रो जित हो । यो जितसँगै चेन्नईले प्लेअफमा पुग्ने आफ्नो सम्भावनालाई जीवितै राखेको छ भने मुम्बई इन्डियन्सका लागि अघिल्लो चरणको यात्रा निकै कठिन बनेको छ ।
चेपौक स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५९ रन बनाएको थियो । १६० रनको लक्ष्य पछ्याएको चेन्नईले १८।१ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य भेट्टायो । कार्तिक शर्माले ट्रेन्ट बोल्टको पहिलो बलमा चौका प्रहार गर्दै टोलीलाई जित दिलाए ।
चेन्नईका लागि कप्तान ऋतुराज गायकवाडले ४८ बलमा अविजित ६७ रन को कप्तानी पारी खेले। उनलाई कार्तिक शर्माले ४० बलमा ५४ रन बनाएर बलियो साथ दिए। मुम्बईका लागि नमन धिरले ५७ रनको अर्धशतकीय पारी खेले पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। बलिङतर्फ चेन्नईका अंशुल कम्बोजले ३ विकेट तथा नूर अहमदले २ विकेट लिए ।
एक्सप्रेस
सम्बन्धित खबर
एनपीएलमा आज दुई खेल, प्लेअफका लागि पोखरा र चितवनलाई जित्नैपर्ने दबाब
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज दुई महत्त्वपूर्ण खेल हुँदैछन् । आजको पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खा...
टी-२० विश्वकप : न्युजिल्यान्डले श्रीलंकालाई हराउँदा थप कमजोर बन्यो पाकिस्तानको सम्भावना
काठमाण्डौँ । जारी टी-२० विश्वकपअन्तर्गत सुपर ८ को महत्त्वपूर्ण खेलमा श्रीलंकालाई ६१ रनले हराउँदै न्युजिल्यान्डले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । योसँगै पाकिस्तान अर्को चरणमा पुग्ने सम्भावना भने अझ कमजोर बनेको छ। बुधबार भएको खेलमा जितले...
एसियाली खेलकुद छनोट : समूह विजेता बन्ने लक्ष्यका साथ नेपालले आज मलेसियाको सामना गर्दै
काठमाडौँ । एसियाली खेलकुद क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज बिहीबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । सिङ्गापुरमा आयोजना भइरहेको यस महत्त्वपूर्ण खेलमा नेपाली टोली मलेसियालाई पराजित गर्दै समूह विजेता बन्ने स्पष्ट लक्ष्यका साथ मैदान उत्रनेछ...
स्थगित विश्वकप लिग–२ का खेल वैशाख १२ देखि काठमाडौंमा हुने
काठमाडौँ । नेपालमा हुने तय भएर स्थगित भएको आईसीसी विश्वकप लिग–२ अन्तर्गतका खेल आगामी वैशाख १२ देखि २२ गते अप्रिल २५ देखि मे ५ सम्म काठमाडौंमा सञ्चालन हुने भएका छन् । त्यसलगत्तै वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म अर्को शृङ्खला पनि आयोजना गरिने तालिका स...
एनपीएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल २२ औं खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दैछन् । यो खेल बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । दुवै टोलीले आफ्नो छैटौं खेल खेल्द...
एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपाल मलेसियासँग खेल्दै
काठमाडौँ । संयुक्त अरब इमिरेट्स यूएईमा जारी एसीसी पुरुष यू १९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज मलेसियासँग खेल्दैछ। यो खेल अजमान मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ । नेपाल समूह ‘ए’ को...



