सोमबार, ०४ साउन २०८३
नेपाली

चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ शेयर निष्कासन गर्ने

Main News Image

काठमाडौँ । चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले साधारण नागरिकका लागि प्राथमिक शेयर आइपिओ निष्कासन गर्ने भएको छ ।  कम्पनीको आज सम्पन्न पहिलो साधारणसभाले ‘आइपिओ’ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीको अधिकृत पुँजी रु ५० करोड रहेको छ । साधारणसभाले चुक्ता पुँजीको चार प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको र छ जना सञ्चालक निर्विरोध चयन गरेको अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए ।

निर्वाचित हुने सञ्चालकमा राजन श्रेष्ठ, रामराजा आचार्य, प्रकाशमान श्रेष्ठ, धीरेन्द्र श्रेष्ठ, शङ्कर महर्जन र वीरेन्द्र श्रेष्ठ रहेका छन् । साधारणसभाले अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसमेत पारित गरेको छ । होल्डिङ कम्पनीका रूपमा रहेको उक्त संस्थाले इन्द्रेणी मस्रुम फार्म, द निलय होटल्स लिमिटेड, काउले भाइनियार्ड एग्रो, एभरेष्ट कलर र मेरो किसानलगायत कम्पनीमा लगानी गरेको अध्यक्ष श्रेष्ठले बताए । 


mediabaaji add

सम्बन्धित खबर

आजदेखि यी कम्पनीको आईपीओ खुल्ला

काठमाडौँ । आजदेखि होटल फरेष्ट इन लिमिटेडको आईपीओ सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ३३ लाख २० हजार कित्ता सेयर जारी गरेको हो ।

कम्पनीले सामूहिक लगानी कोषका लागि २ लाख कित्ता कित्ता...

नेप्सेमा ८.९७ अंकको वृद्धि, ११ अर्ब १० करोड माथिको कारोबार

काठमाडौँ । साताको पाँचौ कारोबार दिन नेप्से परिसूचक  ८.९७ अंकले बढेर २६७१.०७ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३७ कम्पनीको २ करोड ७७ लाख ८० हजार ५८४ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब १० करोड २५ लाखको सेयर कारोबार भएको छ । आज १३८ कम्पनीको स...

बाख्रापालनबाट उकासिएको जिवन

म्याग्दी । मङ्गला गाउँपालिका-२ हिदीका कुलबहादुर पुनले चार वर्षअघि दुई वटा बाख्राबाट सुरु गरेको फार्मबाट वार्षिक लाखौँ आम्दानी गर्न थालेका छन् । पचास वर्षीय पुन वैदेशिक रोजगारी, परम्परागत खेतीकिसानीको विकल्पमा गाउँमै व्यवस्थित बाख्रा फार्म सञ्चालन...

ग्यासको कृत्रिम अभाव र मूल्य वृद्धि रोक्न पसल–पसलमा छापा

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवा बजारमा रहेका विभिन्न ग्यास पसलहरूको छड्के अनुगमन गरेको छ । पछिल्लो समय बजारमा ग्यासको कालोबजारी बढेको जनगुनासो आएपछि प्रशासनले अनुगमनलाई तीव्रता दिएको अनुगमन समितिका संयोजक कृष्ण सुवेदीले जानकारी...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुँदैछ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइको संयुक्त आयोजनामा मुग्लिन बजारमा सुन्तला महोत्सव हुन लागेको हो । आन्तरिक तथा बाह्य पर्यटकल...

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । बिहीबारको तुलनामा दुवैको मूल्य केही घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार  र त्यति नै परिमाणको चाँदीको मूल्य र...