बिहिबार, ११ भदौ २०८३
नेपाली

सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

Main News Image

काठमाण्डौँ । सूदुरपश्चिम प्रदेशमा आज राति साधारणतया मौसम बदली रही अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । पहाडी तथा तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यसैबीच सशस्त्र प्रहरी बल, नेपाल नं। ७ वैद्यनाथ बाहिनीले कैलाली र कञ्चनपुरका बाढी प्रभावित क्षेत्र तथा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा सूचनामूलक माइकिङसमेत गरिएको जानकारी दिए ।


mediabaaji add

सम्बन्धित खबर

दमकमा ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण गरिँदै

काठमाडौँ । जेनजी आन्दोलनका घाइते, शहीद परिवार र युवा पुस्ता मिलेर निर्माण भएको ‘राष्ट्रिय परिवर्तन पार्टी’को आज औपचारिक घोषण सभा गरिँदैछ । घोषणा सभा दमकको आदिवासी रङ्गशालामा हुन लागेको राष्ट्रिय परिवर्तन पा...

कुलमानका कारण रोकियो रवि-बालेन सहमति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति ऊर्जामन्त्री कुलमान घिसिङका कारण रोकिएको खुलेको छ । शुक्रबार नै हस्ताक्षर हुने दाबी गरिएको सहमतिका क्रममा कुलमान घिसिङलाई छलफलमा सहभागी बगराइएपछि...

देश विकासको नेतृत्व लिन कांग्रेस तयार छ : महामन्त्री पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस देशको विकासको नेतृत्व लिन तयार रहेको बताएका छन् । पौडेलले भने, ‘नेपाली कांग्रेससँग नागरिकका गुनासा छन् । अपेक्षा झन् धेरै छन् । नागरिकका गुनासा सम्बोधन गर्दै अब अपेक्षाअनुसारको...

आजदेखि चुनाव अवधिभर मादक पदार्थ सेवन तथा बिक्री-वितरणमा रोक

काठमाडौँ । सरकारले चुनाव अवधिभरका लागि मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले ‘मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण तथा सेव...

गगन विश्वप्रकाशसहितका नेताहरू ५ वर्षका लागि पार्टीबाट निष्काशित

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुर लगायतका नेपालाई ५ वर्षका लागि पार्टीबाट निष्काशन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले...

एमालेले घटायो उम्मेदवारी शुल्क, महाधिवेशन प्रतिनिधि छनौटका लागि पाँच बुँदे निर्देशन

काठमाडौँ । नेकपा एमालेले ११ औँ महाधिवेशनको प्रतिनिधि छनौटका लागि पाँच बुँदे निर्देशन जारी गरेको छ । पार्टीको सङ्गठन विभागले सोमबार साँझ भर्चुअल बैठकमार्फत पाँच बुँदे निर्णय गरेको पार्टी स्थायी कमिटी सदस्य एवं संगठन विभ...