बिहिबार, ३२ असार २०८३
नेपाली

माडागास्करमा जेनजी युवाले ल्यायो नयाँ मोड‘

Main News Image

काठमाडौँ । हिन्द महासागरको टापु राष्ट्र माडागास्करमा राष्ट्रपति एन्ड्री राजोएलिना विरुद्ध युवा पूस्ता जेनजी युवाले गर्दै आएको प्रदर्शन झन्(झन् चर्किंदै गएपछि राष्ट्रपति एन्ड्री राजोएलिना देश छाडेर भाग्न बाध्य हुनुभएको छ ।

सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएदेखि बारम्बार जनविद्रोह भोग्दै आएको माडागास्करमा यस पटक युवाले विद्रोहको नेतृत्व गरेको हो । माडागास्करमा दुई हप्तासम्म भएको खानेपानी र बिजुलीको नियमित आपूर्ति कटौती र महगीविरुद्ध भएको प्रदर्शन उहाँको राजीनामा माग्दै झन्(झन् चर्किदै जादाँ राष्ट्रपति एन्ड्री राजोएलिना देशै छाडेर भागेको अन्तर्राष्टिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

राष्ट्रपति विरुद्ध जेनजीले गर्दै आएको जेनजी माडा’ उपनामको प्रदर्शन सरकारको नियन्त्रण बाहिर गएसँगै ५१ वर्षीय राष्टपति राजोएलिना देश छोडेर भागेका हुन् । सोमबार राति, राजोएलिनाले आफूमाथि कथित ज्यान लिने प्रयास भएपछि ‘सुरक्षित ठाउँ’ मा शरण लिएको बताए पनि सांसदहरूले पद त्यागेको आरोपमा राजोएलिनामाथि महाभियोग लगाउने मतदान शुरु गर्नु केही घण्टाअघि उनले राष्ट्रिय सभा विघटन गर्ने घोषणा गरेक थिए ।

तर उनको घोषणालाई बेवास्ता गर्दै मतदान जारी रह्यो र सांसदहरूले राष्ट्रपतिलाई महाभियोग लगाउने पक्षमा भारी बहुमत ले मतदान गर । यस अघि शनिबार क्यापस्याट नामले परिचित शक्तिशाली सेनाको इकाईका सिपाहीहरूले अप्रत्याशित रूपमा आफ्नो ब्यारेक छोडेर प्रदर्शनकारीहरूको साथ दिएका सिपाहीहरूको विद्रोहको नेतृत्व गरेका कर्णेल माइकल रान्ड्रिनाइरिनाले अहिले स्थानिय संचारमाध्यम मार्फत सेनाले सत्ता सम्हालेको भनि उद्घोष गरेका छन् ।

mediabaaji add

सम्बन्धित खबर

खाडी देशहरूमा आक्रमण सुरु, अबुधाबीमा एकको मृत्यु, लाखौं नेपाली खतरामा

काठमाडौँ । इजरायलले शनिबार बिहान इरानको राजधानी तेहरान सहित धेरै शहरहरूमा आक्रमण गरेको थियो । प्रतिक्रियामा इरानले इजरायल विरुद्ध बदला लिने हमला गरेको छ । मिडिया रिपोर्टका अनुसार इरानले बदलामा लगभग ४०० वटा मिसाइल प्रहार गरेको छ ।

इजरायलका सा...

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या गर्ने व्यक्तिलाई आजीवन कारावास

काठमाण्डौँ । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या गर्ने व्यक्तिलाई आजीवन कारावासको सजाय सुनाइएको छ । सिन्जो आबेलाई २०२२ मा नारा सहरमा आयोजित र्‍यालीका क्रममा गोली हानी हत्या गरिएको थियो ।

बीबीसीका अनुसार उनको हत्या कसुरमा ४५ वर्षीय...

श्रीलङ्कामा पर्यटन अभियान, ३० लाख पर्यटक भित्र्याउने लक्ष्य

काठमाडौँ । श्रीलङ्का पर्यटन विकास प्राधिकरण एसएलटीडीएले सन् २०२६ का लागि आफ्नो राष्ट्रिय पर्यटन लक्ष्यहरू पूरा गर्न विशेष अभियान शुरू गरेको वरिष्ठ अधिकारी बुद्धिका हेवासमले शुक्रबार बताएका छन् । एसएलटिडिएकी अध्यक्ष हेवासमले परम्परागत रूपमा पर्यटक...

जन्मेकै स्थानमा गरिनेछ खामेनकी अन्त्येष्टि

काठमाण्डौा । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि मसहदमा गरिने भएको छ । तर यसको मिति र समय निश्चित भइसकेको छैन । इरानको सरकारी समाचार एजेन्सी फार्सका अनुसार खामेनीको शव इमाम रेजाको मन्दिर नजिकै गाडिनेछ ।

खामेनीको जन्म पनि...

भेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी पत्नीलाई पक्राउ गरेको ट्रम्पको दाबी

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरेको दाबी गरेका छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार भेनेजुएलामा गरिएको ‘ठूलो स्तरको’ आक्रमणपछि उनीहरूलाई नियन्त...

एकचालीस ​​देशहरूबाट तेल र ग्यास आयात भइरहेको हर्मुजको जलमार्ग अवरुद्ध गर्नु स्वीकार्य छैन : मोदी

काठमाण्डौँ । पश्चिम एसियामा युद्धको अवस्थाबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पहिलो सार्वजनिक बयान दिएका छन् । लोकसभामा २५ मिनेटको भाषणमा उनले भने कि तनाव समाप्त हुनुपर्छ। समस्याको एक मात्र समाधान वार्ता हो । 

प्रधानमन्त्रील...