पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम
काठमाडौँ । आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको कामलाई तीव्रता दिइएको छ । पोखराको सेती पुलदेखि तनहुँको जामुने जोड्ने उक्त सडकखण्डको भौतिक प्रगति ७७.४७ प्रतिशत र वित्तीय प्रगति ६२.२० प्रतिशत पुगेको छ । उक्त खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले छिटफुटबाहेकका काम निर्धारित समयमै सकिने बताए ।
कुल ३८.७१ किलोटोमिटर दूरीको उक्त खण्डमा हालसम्म ३७।२८ किमीमा दोस्रो चरणको कालोपत्र भइसकेको छ । कुल ३६.३२ किमीको सर्विस लेनमा हालसम्म १७.६६ किमी कालोपत्र भइसकेको इन्जिनियर कुँवरले जानकारी दिए । १०५ वटा कल्भर्ट निर्माण भइसकेको र नाली निर्माणको काम पनि अन्तिम चरणमा रहेको उनको भनाइ छ । यस खण्डमा पर्ने १३ पुलमध्ये १२ वटा पुल निर्माण भइसकेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
धुलिखेल–खावा सडकखण्डमा रात्रिकालीन यातायात बन्द : दुई हप्ताभित्र कालोपत्र सक्ने लक्ष्य
काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्यलाई तीव्रता दिन सवारीसाधन आवागमनमा रोक लगाइएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले उक्त खण्डलाई कालोपत्र पक्की बनाउन शनिबार रातिदेखि दुई हप्ताका लागि सडक बन्द गरेको हो ।
डाटा प्याकेज सकिएपछि स्वतः मुख्य ब्यालेन्सबाट रकम काटिने समस्या हट्यो
काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाहरूका बीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकममा सुधारका प्रयास थालिएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाको निर्देशनपछि कम्पनीले...
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य प्रदेशका...
मौसम पूर्वानुमान : पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक रहेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव देखिएको छ । यसका कारण देशका अधिकांश भूभागमा बदली हुनुका साथै केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाए...
अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अछाम । अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोडस्थित मध्यपहाडी राजमार्गमा गएराति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। घटनामा तीन जना घाइते भएका छन् । दार्चुलाबाट जुम्ला जाँदै गरेको, सत्लोक आश्रम, जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप स...
मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य बाँकी भागमा आंशिक बादल लागेको छ । गण्डकी प्रदेशका केही स्थान तथा कोशी र बागमती प्रदेशका एक दुई स्थानम...



