शुक्रबार, ०१ साउन २०८३
नेपाली

कालीकोटमा बस दुर्घटना, एकको मृत्यु दुई जना घाइते

Main News Image

काठमाडौं । कर्णाली राजमार्गमा पर्ने कालीकोटको खाँडाचक्र नगरपालिका–२ सेरीघाटमा बस दुर्घटना हुँदा एक जनाले ज्यान गुमाएका छन् भने दुई जना घाइते भएका छन् । जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १११५ नम्बरको बस सेरीघाट पुल नजिकैको मोडमा अनियन्त्रित भएर दुर्टनामा भएको हो। दुर्घटनामा परी ३ जना घाइते भएकोमा तीनै जनालाई उद्धार गरी जिल्ला अस्पताल कालीकोटमा उपचारका लागि पठाइएकोमा एक जनाको उपचारको क्रममा ज्यान गएको हो ।

ज्यान गुमाउनेमा जुम्लाको हिमा गाउँपालिका–४ बस्ने १९ वर्षीय अर्जुन बुढा रहेका छन्। घाइते हुनेमा जुम्लाको सिंजा गाउँपालिका–५ कि २३ वर्षीया रन्जिता रोकाया र उनकै पाँच वर्षीय छोरा उपेन्द्र रोकाया रहेका छन्। बसमा कुल २४ जना यात्रु सवार रहेकोमा अन्य सबै यात्रुहरू भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ।

mediabaaji add

सम्बन्धित खबर

नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन १५.७ प्रतिशतले वृद्धि

काठमाडौँ । सन् २०२६ को जनवरीमा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा सुधार देखिएको छ । नेपाल भित्रिने अन्तर्राष्ट्रिय आगन्तुकको संख्या ९२ हजार ५७३ पुगेको छ, जुन सन् २०२५ को जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो । कोभिड–१९ महामारीपूर्व सन् २०१९ को...

सेतोपाटी डटकमलाई कारवाही गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको ठहर गर्दै सेतोपाटी अनलाइनमाथि कारबाहीको प्रक्रिया अघि बढाउन प्रेस काउन्सिललाई पत्राचार गरेको छ । आयोगका अनुसार सेतोपाटीले निर्वाचन अवधिमा प्रकाशित केही समाच...

नेपालमा विपद्को घटनाबाट नौ महिनामा चार सय २४ को मृत्यु

काठमाडौँ । नेपालमा गत वैशाखदेखि हालसम्मको अवधिमा विपद्का घटनाले ठूलो जनधनको क्षति पुर्‍याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस अवधिमा देशभर कुल ५ हजार ९६६...

सोलुखुम्बुमा जिप दुर्घटना : ३ जनाको मृत्यु, ६ घाइते

रामेछाप । सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार माप्य दुधकोशी गाउँपालिका–६ भिरकुनामा बिहीबार साँझ वाग्मती प्रदेश ०१–०३१...

कोरिया पठाउन माग राख्दै ईपीएस शाखा कार्यालयमा प्रदर्शन

काठमाडौँ । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउनुपर्ने माग राख्दै ललितपुर ग्वार्कोस्थित इपीएस कार्यालयमा प्रदर्शन गरिएको छ ।दुई वर्षअघि रोजगार अनुमति प्रणाली ईपीएस मार्फत भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवाले कोरिया पठाउन ढिलाइ भएको भन्...

यी हुन् सधैँ जाम हुने दाउन्नेका वैकल्पिक मार्गहरु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड दुई महिनासम्म एकतर्फी रूपमा सञ्चालन हुने भएको छ। नारायणघाट–बुटवल सडक विस्तार गर्नुका साथै उक्त खण्डमा कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले एक...